झिमरुकमा हप्किडो संघको प्रथम ग्रेडिङ्ग कार्यक्रम सम्पन्न 

दीपेन्द्र सुनार
प्युठान,प्युठानमा हप्कीडो संघको १६औ डोजङ्ग अन्तर्गत प्रथम ग्रेडिङ्ग कार्यक्रम सम्पन्न भएको छ।
"स्वास्थका लागी खेलकुद राष्ट्रका लागि खेलकुद " भन्ने उदेश्यका साथ झिमरुक गाउँपालिका वार्ड न ५ को  बालशिक्षा माध्यमिक बिधालय मच्छी प्युठान मा सम्पन्न भएको कार्यक्रम को राष्ट्रिय युवा संघका केन्द्रिय सचिवालय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज लिला जि.सि. ले उद्घाटन गरेका थिए।
कार्यक्रम को उद्घाटन गर्दै जि.सी.ले हप्कीडो का बिधार्थीहरु लाई तालिम दिनको लागि स्थानिय सरकार ले तन , मन र धनले सक्दो सहयोग गर्न आग्रह गरेका छ्न।साथै हप्कीडो संघद्वारा प्युठान जिल्लामा करिब छ  हजार बिधार्थीहरु लाई तालिम दिइरहेको र झिमरुक गाउँपालिकामा पनि करिव तीन सय बिद्यार्थीहरु लाई तालिम दिइरहेको मा गौरवपुर्ण भएको बताएका छ्न।
त्यस्तै हप्कीडो संङघ का प्रदेश कमिटी सचीव तथा प्युठान जिल्ला अध्यक्ष टेकराज के.सी. ले प्युठानमा हप्कीडो मार्फत करिव छ हजार बिद्यार्थीहरु लाई ट्रेनिङ्ग दिन पाएकोमा खुशी ब्याक्त गरेका छ्न।साथै सबै बिद्यार्थीहरु लाई अनुशाशीत र लगनशीलता भएर लाग्न समेत अनुरोध गरेका छ्न।
कार्यक्रममा हप्कीडो संघका लुम्बिनी प्रदेश कमिटी का सचीव टेकराज के.सी.को अध्यक्षता , राष्ट्रिय युवा संघका केन्द्रिय सचिवालय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज लिला जि.सी.को प्रमुख आतिथ्यता ,झिमरुक गाउँपालिका वार्ड न ५ का वडा अध्यक्ष कृष्ण बहादुर जि.सी.को बिशेष आतिथ्यता र दुर्गा खड्का को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को संचालन यमलाल पाठकले गरेका थिए।