प्युठान नगरपालिका ९ मा गठबन्धनको प्यानलै बिजयी           

सीता बि.क
प्युठान नगरपालिका  वडा नम्बर ९ को अध्यक्षमा गठबन्धनका उमेदवार बिकास के सि ८ सय ५३ मत ल्याएर विजयी हुनु भएको छ।
नेकपा एमालेका उमेदवार दिपेन्द्र के सि लाई झिनो मतले पछाडी पार्दै के सि बिजयी हुनुभएको हो।
पराजित हुनुभएका  के सि ले आफ्नो प्रतिषपर्धी बिकास के सि लाई सामाजिक सन्जालमा बधाई दिदै वडाबासी आम मतदातालाई धन्यवाद दिनुभएको छ।
उहाँले आफ्नो फेसबुक प्रोफालमा लेख्नुभएको सामाग्री जस्ताको त्यस्तै।


हार्दिक आभार एवं धन्यवाद स्थानिय तहको निर्वाचन२०७९ मा म र मेरो टिमलाइ  वडा अध्यक्षमा र सदस्यमा मतदान गर्नुहुने प्युठान नगरपालिका ९ निवासि आदरणिय आमा बुवा दाजु भाइ दिदि बहिनि हरुमा हार्दिक आभार ब्यक्त गर्दछु निर्बाचनमा होमियपछि हारजित स्वभाविक हो यहा हरुको सेवामा सदैव संगै रहने दुख सुखमा साथ दिने प्रतिवद्दता ब्यक्त गर्दछु साथै यस वडाबाट निर्बाचित सम्पुर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्द्छु ।

 

प्युठान नगरपालिका मेयरमा पनि गठबन्धनले अग्रता लिएको छ।
मेयरमा गठबन्धनका बिष्णु योगिले ले ४ हजार ३ सय ८३ मत प्राप्त गरि अग्रस्थानमा हुनु हुन्छ भने नेकपा एमालेका बिजय बिराज बिष्टले  ३ हजार ४ सय ४४ मत ल्याउनु भएको छ।
त्यस्तै उपमेयरमा गठबन्धनका देबेन्द्र बर्माले ४ हजार २ सय ३ मत प्राप्त गरेर अग्र स्थानमा हुनुहुन्छ । भने नेकपा एमालेका पबित्रा जि सिले ३ हजार २ सय ८५ मत प्राप्त गर्नुभएको छ।