प्युठान, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य बामबहादुर बुढा प्युठानकाे माण्डवी गाउँपालिका-१ काे वडा अध्यक्षमा निर्वाचित भएका छन् ।
स्थानीय तह निर्वाचन २०७९ काे निर्वाचनमा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेपाली काङ्ग्रेसको समर्थनमा बुढामगर निर्वाचित भएका हुन् ।वडा अध्यक्ष बुढामगरले ७७० मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी रिखबहादुर गौतमले ६२८ मत पाएका निर्वाचन अधिकृत कैलाश खत्री क्षेत्रीले जानकारी दिए ।
माण्डवी गाउँपालिकामा राजमाे, नेकपा, माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले चुनावी गठबन्धन गरेका छन् । नेकपाकाे तर्फबाट उम्मेदवारी दिएका नेताहरूले माओवादी केन्द्रकाे चुनाव चिन्हबाट लडेका थिए ।
Tags :
सम्बन्धित खवर
एमालेको प्युठान जिल्ला स्तरिय प्रशिक्षण सुरु
२ वर्ष अगाडि
नेकपा माओवादी केन्द्रको वडा कार्यालय उद्घाटन
२ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्