प्युठान नगरपालिकाका वडा अध्यक्ष प्रेम हमालले फिर्ता गरे सवारी साधन

प्युठान नगरपालिकाका वडा अध्यक्ष प्रेम हमालले फिर्ता गरे सवारी साधन

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका  वडा नम्बर ३ का अध्यक्ष प्रेम हमालले वडाबाट प्राप्त गरेर प्रयोग गर्दै आउनुभएको सवारी साधन फिर्ता गर्नुभएको छ ।
प्युठान नगरपालिका–वडा नम्बर ३ का प्राबिधिक धोज बहादुर के सि लाई उहाँले प्रयोग गर्दै आउनुभएको लु १ ब २२४८ नम्बर  को मोटर साइकल  बुझाउनुभएको हो ।

वडा अध्यक्ष हमालले निर्वाचन आचारसंहिता लागू भएको र चुनावी चहलपहल बढेकाले जनप्रतिनिधिमा लाग्ने आरोप प्रत्याआरोपलाई लक्षित गर्दै आफुले निर्वाचन आचारसंहितालाई पालना गर्दै सरकारी सवारी फिर्ता गर्ने निधो गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“सरकारी सेवा सुविधा र सरकारी साधन प्रयोग गर्दा नकारात्कम असर पर्ने भएकोले आफूले वैशाख ९ गते वडा कार्यालयमा फिर्ता गरेको हुँ ।’’यसअघि २०७४ को स्थानीय निर्वाचनमा प्युठान नगरपालिका ३ को वडा अध्यक्षमा एमालेबाट निर्वाचित हुनुभएको थियो ।
वडा अध्यक्ष पदमा एमालेलेका उम्मेदवार हमालले ६ सय ५९ मत प्राप्त गर्दा माओबादी केन्द्रका उम्मेदवार शिव बहादुर पुलामिले ४ सय ९ मत प्राप्त गरेका थिए ।प्युठानको नौ वटा स्थानीय तहमा ६४ वडा छन्।जिल्लाका अन्य ६३ वडाका वडाअध्यक्षहरुले भने अहिले पनि सरकारी सामग्री तथा सवारी साधन प्रयोग गर्दै आइरहेका स्थानीयले बताएका छन् ।
स्थानीय तहको नियम अनुसार जनप्रतिनिधिले पाइरहेको सरकारी सेवा अवधि समापनपछि फिर्ता गर्नुपर्ने हुन्छ ।

अहिले सबैभन्दा पहलिा प्युठान नगरपालिका–वडा नं ३ का वडा अध्यक्ष प्रेम हमालले नै सबैभन्दा पहिला वडा बाट प्राप्त गरिरहेको सवारी साधन फिर्ता गर्नुभएको प्युठान नगरपालिकाको कार्यालयले जनाएको छ ।