अजय बि.क
प्युठान,राष्ट्रिय जनमोर्चाका नेता नेकपा एमालेमा प्रवेश गरेका छन ।
आज आयोजित पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताहरुलाई नेकपा एमालेका पोलिट ब्युरो सदस्य सुर्य थापाले एमालेमा स्वागत गर्नुभएको छ ।
नबप्रबेशी लाई स्वागत गर्दै नेकपा एमालेका जिल्ला इन्चार्ज समेत रहेका थापाले एमालेमा प्रवेश गर्दा कसैलाई पनि पश्चातप नहुने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा पार्टी त्यागेर एमाले प्रवेश गरेकाहरुलाई एमाले प्रवेश गर्दा सबैलाई गौरवको अनुभुती हुने बताउनुभयो ।‘एमाले जनताको पार्टी हो । यसले जनताको प्रगति, सुख, समृद्धि निम्ती काम गर्दछ’ थापा ले भन्नुभयो ‘एमालेले लोकतन्त्रका निम्ती काम गर्छ । त्यसैले एमाले भएकोमा तपाईंहरुलाई पछुतो हैन सधैं गौरव भइरहनेछ ।’
एमाले प्रवेश गर्नेमा झिमरुक गाउँपालिका निवासी प्रतिमान पुन सहित २५ जना नेता तथा कार्यकर्ता हुनुहुन्छ । उहाँ विगत ४३ बर्षदेखिकाे निरन्तर राष्ट्रिय जनमोर्चामा क्रियाशिल भई २०७४ काे स्थानीय तह निर्वाचनमा झिमरूक -१काे वडा सदस्यमा ४३९ मत ल्याई पराजित हुनुभएको थियो।
जिल्लामा गठबन्धनमा रहेका दलहरु सङ्ग सहमति नमिलेका कारण राष्ट्रिय जनमोर्चा,माओबादी,नेपाली काङ्ग्रेस लगायतका नेता तथा कार्यकर्ता दैनिक जसो नेकपा एमाले मा प्रवेश सङ्गै प्युठान जिल्ला एमालेमय बनेको छ।
प्रतिक्रिया राख्नुहोस्