गाउँ नै सिंगो एमालेमा प्रवेश,सुर्य थापाले गरे गुलाफको फुलले स्वागत 

गाउँ नै सिंगो एमालेमा प्रवेश,सुर्य थापाले गरे गुलाफको फुलले स्वागत 

सीता बि.क
प्युठान,एक सिंगो गाउँ नै एमाले मा प्रवेश गरे पछि राजनीतिमा तरंग आएको छ।प्युठान नगरपालिका १० मरन्ठाना स्थित छेपानेमा नेकपा क्रान्तिकारी माओवादी बाट नेता रबिलाल रोका मगर तथा अखिल भारतिय नेपाली एकता समाजका पूर्व केन्द्रीय सदस्य राजमाेका नेता यङ्कबहादुर खड्का क्षेत्री सहित गाउँमा रहेका दर्जनौं बुधबार नेकपा एमालेमा ओहिरेका छन।नेकपा एमालेले नै विकास र समृद्धि को काम पुरा गर्ने र यसले नै सामाजिक सुरक्षा का कार्यक्रम समेत ल्याएको भन्दै गाउँ बासी सबै एमाले मा प्रवेश गरेका हुन्।नेकपा एमालेका पोलिट ब्युरो सदस्य सुर्य थापाले नव प्रवेशी हरुलाई गुलाबकाे फूलले नेकपा एमालेमा प्रवेश गराएका थिए।नेकपा क्रान्तिकारी मावबादिले जनभावना अनुरूप काम नगरेको कारण आफुहरू एमालेमा प्रवेश गरेको नवप्रवेशीले रोकाले बताए। पार्टीको आन्तरिक जीवनमा केहि असहज परिस्थिति देखापरेकाले आफुले यस्तो निर्णय लिएको भन्दै अब नेकपा एमाले पार्टिमा आबद्ध भई नयाँ ऊर्जाका साथ काम गर्ने बताए। रोकाका अनुसार अब गाउँ नै एमालेमय बनेको छ।उनीसहित कांग्रेस,माओवादी केन्द्र र राजमो बाट दर्जनौं नेताकार्यकर्ता एमालेमा प्रवेश गरेको नेकपा एमाले का जिल्ला सदस्य कल्पना गिरीले  बताईन।पार्टी प्रवेश गर्ने खड्कासहितका अगुवा कार्यकर्तालाई नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज हरि रिजाल,नेकपा एमाले अध्यक्ष बिजयबिराज बिष्ट सहितका नेता कार्यकर्तालाई एमालेमा स्वागत तथा सम्मान गरेका थिए।सो अवसरमा बोल्दै नेता सुर्य थापाले नेकपा एमालेको उद्देश्य नै जनताको समृद्धि भएकाले सत्ता बाहिर हुँदा पनि एमालेप्रतिको जनलहर बढिरहेको बताए।जिल्ला इन्चार्ज समेत रहेका थापाले देशभर एमाले पार्टी प्रवेश गर्नेहरूको जनलहर देखेर कांग्रेस,माओवादी अत्तालिएको बताए।उनले अब जनता झुक्याएर र सत्ताको दुरुपयोग गरेर चुनाव जित्ने अवस्था नरहेकाले माओवादी, काङ्ग्रेस र समाजबादी लगायतका पार्टीबाट नेता कार्यकर्ता एमालेमा पार्टी प्रवेश गरेको बताए।त्यस्तै नेकपा एमाले जिल्ला अध्यक्ष बिजय बिराज बिष्टले  आगामी निर्वाचनहरुमा प्युठानमा एमालेको लालझन्डा फहराउने बताए।उनले सबै प्रवेश गर्नेलाई पार्टीमा उपयुक्त जिम्मेवारी दिने प्रतिबद्धता जनाए। नेता रोका २०४९ सालमा राजमाेबाट निर्वाचित वडा अध्यक्ष र २०५४ का वडा सदस्य हुन भने खड्का अखिल भारत नेपाली एकता समाजका पूर्व केन्द्रीय सदस्य हुन।