अनिल नेपाली
अर्घाखाँची,सन्धिखर्क नगरपालिका वडा नम्वर ४ को वडा कार्यलय भवन तथा सभाहलको उद्धाटन गरिएको छ ।
सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको सभाहलको जिल्ला समन्वय समिति प्रमुख पिताम्वर शर्मा र नगर प्रमुख कमल प्रसाद भुसालले आज एक कायंत्रमका बिचमा उद्धाटन गर्नु भएको हो ।
वडा कार्यलय भवन निर्माण गर्न निशुल्क जग्गा दान गर्नुहुने जग्गादाता सिद्धि प्रसाद भट्टराई, तारा भट्टराई लगायतलाई सम्मान पत्र, दोसल्ला, फुलमाला र अबीरले सम्मान गरिएको छ । सोही कार्यक्रममा भवन निर्माण गर्ने अर्घाखाँची पुस्पा जेभीका कृष्ण बस्याललाई पनि दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको छ ।
१ करोड ३७ लाख ५ हजारको लागतमा वडा कार्यालय भवनको निर्माण भएको हो । कार्यक्रमको उद्धाटन गर्दै जिल्ला समन्वय समिति प्रमुख पिताम्बर शर्माले विकास निर्माणका काममा स्थानीयले निगरानी गर्नु पर्ने बताउनु भयो । उनले जन प्रतिनिधिहरु सबैको साझा ब्यक्ति भएकाले सोही अनुसार काम गर्नु पर्ने बताउनुभयो ।
सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले जनताको घरदैलोमा सिंहदरबारको नारालाई सार्थकता दिने गरी नगरपालिकाले काम गरिररहेको बताउनुभयो । कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर भौतिक पुर्वाधार निर्माणका कामहरुलाई संगै लगेको बताउदै जनताले देखिने गरी सन्धिखर्क नगरपालिकामा काम भैरहेको बताउनुभयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उप प्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, वडा अध्यक्ष राजेन्द्र भुसाल, जग्गादाता सिद्धि प्रसाद भट्टराई, नेपाली कांग्रेसका पुर्ब नगर सभापति बिनोद आचार्य, नेपाली कांग्रेसका वडा सभापति मुक्तिराम भण्डारी, नेकपा माओवादीका नगर सदस्य गोविन्द सुनार, राष्टिय जनमोर्चाका जिल्ला सचिवालय सदस्य गंगाराम खनाल, समाजसेवी नारायण शास्त्री, जीवनोद्धार माविका प्रधनाध्यापक नम बहादुर सिंह रानाभाट, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, मोती सामुदायिक पुस्तकालयका अध्यक्ष कमल भट्टराई, सचिव मदन भट्टराई, मेलमिलापकर्ता कृष्णादेवी बस्नेत लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम वडा अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता, सदस्य हुमलाल श्रेष्ठको स्वागत मन्तब्य र वडा सचिव संगिता घिमिरेको सञ्चालनमा सम्पन्न भएको हो ।
प्रतिक्रिया राख्नुहोस्