मन्बिरको अवस्थाप्रति संवेदनशील बने डाक्टर जि.सि.,सम्पूर्ण उपचार निःशुल्क गर्ने प्रतिबद्धता 

मन्बिरको अवस्थाप्रति संवेदनशील बने डाक्टर जि.सि.,सम्पूर्ण उपचार निःशुल्क गर्ने प्रतिबद्धता 

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका–५ बाँसकोटका मन्बिर घर्ती १७ महिनादेखि काठको ठेँडुकोमा बाँधिएको समाचार सार्वजनिक भएपछि अहिले जिल्लाभरि चासो र संवेदनाको लहर फैलिएको छ।मानसिक रोगबाट पीडित मन्बिरको पीडादायी अवस्थाले धेरैको मन छोइरहेका बेला प्युठानको चर्चित निमतारा पोलिक्लिनिक बिजुवारका सञ्चालक डाक्टर सुवास जि.सि.ले उनको सम्पूर्ण उपचार निःशुल्क गर्ने घोषणा गर्नुभएको छ।
आइतबार पैरवी अनलाइन डटकममार्फत समाचार सार्वजनिक भएपछि आफू निकै भावुक बनेको बताउँदै डाक्टर जि.सी.ले मन्बिरको अवस्था केवल एउटा परिवारको पीडा मात्र नभई समाज र राज्यको गम्भीर जिम्मेवारीको विषय भएको धारणा राख्नुभयो।
“अहिलेको समयमा एउटा युवा १७ महिनासम्म ठेँडुकोमा बाँधिनु अत्यन्तै दुःखद कुरा हो,”उहाँले भन्नुभयो, “समाचार हेर्दा मन निकै दुख्यो। मानसिक रोग कुनै अपराध होइन।समयमै उपचार र परामर्श पाए धेरै बिरामी सामान्य जीवनमा फर्किन सक्छन्।”
उहाँका अनुसार मन्बिरलाई अहिले सबैभन्दा आवश्यक कुरा दया होइन, व्यवस्थित उपचार र सुरक्षित वातावरण हो।
“उपचार सम्भव छ,”।उहाँले दृढतापूर्वक भन्नुभयो,“उहाँलाई पोलिक्लिनिकसम्म ल्याउने वातावरण म मिलाउँछु।आवश्यक सम्पूर्ण स्वास्थ्य उपचार निःशुल्क गरिनेछ।”
डाक्टर जि.सी.ले आर्थिक अवस्था कमजोर भएका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नहुने बताउनुभयो। ग्रामीण क्षेत्रमा मानसिक स्वास्थ्य सेवाको पहुँच कमजोर हुँदा धेरै परिवार पीडामा बाँच्न बाध्य भइरहेको उहाँको भनाइ छ।
“हामीकहाँ अझै मानसिक रोगलाई लुकाउने,डराउने वा बेवास्ता गर्ने प्रवृत्ति छ,”उहाँले भन्नुभयो,“तर यो पनि अन्य रोगजस्तै उपचार गर्न सकिने स्वास्थ्य समस्या हो। समयमै औषधि, परामर्श र परिवारको साथ पाए बिरामीमा सुधार आउन सक्छ।”
उहाँले १७ महिनासम्म मन्बिर उपचारको पहुँचबाहिर रहनु दुःखद भएको बताउँदै परिवार,समाज र सरोकारवाला निकायको मौनताप्रति पनि चिन्ता व्यक्त गर्नुभयो।

“अहिलेको समयमा एउटा युवा १७ महिनासम्म ठेँडुकोमा बाँधिनु अत्यन्तै दुःखद कुरा हो,”उहाँले भन्नुभयो, “समाचार हेर्दा मन निकै दुख्यो। मानसिक रोग कुनै अपराध होइन।समयमै उपचार र परामर्श पाए धेरै बिरामी सामान्य जीवनमा फर्किन सक्छन्।”उहाँका अनुसार मन्बिरलाई अहिले सबैभन्दा आवश्यक कुरा दया होइन, व्यवस्थित उपचार र सुरक्षित वातावरण हो।“उपचार सम्भव छ,”।उहाँले दृढतापूर्वक भन्नुभयो,“उहाँलाई पोलिक्लिनिकसम्म ल्याउने वातावरण म मिलाउँछु।आवश्यक सम्पूर्ण स्वास्थ्य उपचार निःशुल्क गरिनेछ।”

“परिवारले रहरले होइन,बाध्यताले बाँधेको देखिन्छ,”उहाँले भन्नुभयो,“तर यति लामो समयसम्म पनि समाज र सम्बन्धित निकाय गम्भीर नबन्नु दुःखद पक्ष हो।अब सबैले मिलेर मन्बिरलाई उपचारको दायरामा ल्याउनुपर्छ।”
डाक्टर सुवास जि.सि.का अनुसार मन्बिरजस्ता धेरै बिरामी ग्रामीण क्षेत्रमा अझै पनि उपचारभन्दा बढी बेवास्ता र गलत बुझाइको शिकार भइरहेका छन्। चेतनाको कमी,गरिबी र मानसिक स्वास्थ्य सेवाको अभावले परिवारहरू चरम पीडामा बाँच्न बाध्य भएको उहाँको भनाई छ।
“मानसिक रोगलाई अझै पनि हाम्रो समाजले खुलेर स्वीकार गर्न सकेको छैन,”उहाँले भन्नुभयो,“बिरामीलाई अस्पताल लैजानुभन्दा लुकाउने,बाँध्ने वा झारफुकतिर लैजाने प्रवृत्ति अझै देखिन्छ। यसले बिरामीको अवस्था झन् जटिल बनाउँछ।”
उहाँका अनुसार मानसिक रोगको समयमै पहिचान,नियमित औषधि,परामर्श र परिवारको सकारात्मक व्यवहारले धेरै बिरामीलाई सामान्य जीवनमा फर्काउन सकिन्छ। तर ग्रामीण बस्तीमा विशेषज्ञ सेवा नपुग्दा धेरै बिरामी उपचारको पहुँचभन्दा बाहिर रहने गरेका छन्।
“मन्बिरको अवस्था हेर्दा मलाई सबैभन्दा बढी पीडा लागेको कुरा के हो भने उहाँ उपचार पाउन सक्ने अवस्थामै हुनुहुन्छ,” उहाँले भन्नुभयो,“तर उपचारको अभावले १७ महिना ठेँडुकोमा बिताउनुपर्‍यो। यो केवल एउटा व्यक्तिको पीडा होइन,हाम्रो स्वास्थ्य प्रणालीको कमजोरी पनि हो।”
डाक्टर जि.सी.ले मन्बिरलाई उपचार केन्द्रसम्म ल्याउन स्थानीय सरकार,प्रहरी,स्वास्थ्यकर्मी र समाजको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले उपचार प्रक्रिया केवल औषधिमा सीमित नहुने भन्दै मानसिक स्वास्थ्यमा परिवारको माया,धैर्यता र सामाजिक सहयोग पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
“बिरामीलाई ‘पागल’ भनेर हेर्ने होइन,‘उपचार आवश्यक भएको व्यक्ति’ भनेर बुझ्नुपर्छ,”उहाँले भन्नुभयो,“हामीले सही समयमा साथ दियौं भने धेरै जीवन फेरि उज्यालोतर्फ फर्किन सक्छन्।”उहाँको यो अभिव्यक्तिले अहिले सामाजिक सञ्जालमा पनि सकारात्मक प्रतिक्रिया पाइरहेको छ। धेरैले डाक्टर जि.सी.को मानवीय पहलको प्रशंसा गर्दै मन्बिरको उपचार र पुनःस्थापनाका लागि राज्यले समेत चासो दिनुपर्ने बताएका छन्।
स्थानीयवासीहरूका अनुसार अहिले मन्बिरको परिवारमा पनि लामो समयपछि आशा पलाएको छ। वर्षौँदेखि असहाय बनेका बाबुआमा अब छोराले फेरि सामान्य जिवन जिउला भन्ने अपेक्षामा छन्। गोठछेउको अँध्यारो कुनामा ठेँडुकोभित्र सीमित मन्बिरको जीवनमा अब उपचारको सम्भावना देखिएको छ। १७ महिनादेखि बन्दी बनेको उनको जिवन अब सायद नयाँ सुरुवाततर्फ अघि बढ्दैछ।
डाक्टर सुवास जि.सी. केवल स्वास्थ्य व्यवसायीका रूपमा मात्र होइन,सामाजिक उत्तरदायित्व बहन गर्ने संवेदनशील व्यक्तित्वका रूपमा पनि परिचित हुनुहुन्छ।निमतारा पोलिक्लिनिक स्थापना भएदेखि नै उहाँले आर्थिक अवस्था कमजोर भएका गरिब,विपन्न, अशक्त,असहाय महिला तथा ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आउनुभएको स्थानीयहरू बताउँछन्।
उपचार खर्च जुटाउन नसकेर पीडामा रहेका धेरै बिरामीलाई उहाँले शुल्क नलिई जाँच गर्ने,औषधि उपलब्ध गराउने तथा आवश्यक परे थप उपचारका लागि सहजीकरणसमेत गर्दै आउनुभएको कयौँ उदाहरण रहेको स्थानीयको भनाई छ। विशेषगरी ग्रामीण भेगका नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उहाँले सेवा भावलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन्छ।
स्थानीयवासीहरूका अनुसार डाक्टर जि.सि.ले विगतमा पनि आर्थिक अभावका कारण उपचार गर्न नसकेका धेरै बिरामीलाई व्यक्तिगत पहलमा सहयोग गर्नुभएको थियो।कतिपय अवस्थामा उहाँले बिरामीको अवस्थालाई हेरेर शुल्क मिनाहा गर्नुका साथै आवश्यक औषधि समेत निःशुल्क उपलब्ध गराउने गरेको बताइन्छ।
मन्बिर घर्तीको सम्पूर्ण उपचार निःशुल्क गर्ने प्रतिबद्धता पनि उहाँको यही मानवीय सोच र सामाजिक सेवाको निरन्तरता भएको स्थानीयको बुझाई छ। गाउँमा लामो समयदेखि पीडामा रहेका मन्बिरको अवस्थाप्रति चासो देखाउँदै उहाँले अघि सारेको पहललाई अहिले धेरैले मानवियताको उदाहरणका रूपमा लिएका छन्।
“स्वास्थ्य सेवा व्यापारभन्दा पहिले मानवीय सेवा हो,” भन्ने सोचसहित डाक्टर जि.जि.ले गरिरहेको कामले अहिले धेरै विपन्न परिवारलाई राहत महसुस गराएको स्थानीयहरू बताउँछन्।