घोडेजात्रा  स्थगित 

काठमाडौ । नेपाली सेनाले यस वर्षको घोडेजात्रा कार्यक्रम स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वभर फैलिइरहेको र नेपालमा पनि प्रभाव देखिन लागेको भन्दै घोडेजात्रा समारोह स्थगित गरिएको हो नेपाली सेनाद्वारा प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरू सहित मनाउने गरिएको राष्ट्रिय पर्व घोडेजात्रा समारोहु हाल विश्वमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी यस वर्षको सो समारोह स्थगित गरिएको छ, सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले निकालेको विज्ञप्तिमा भनिएको छ ।