राम बहादुर बिश्वकर्मा
प्युठान,नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको पहिलो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत आज देशभरका शिक्षा विकास तथा समन्वय इकाईहरूमा आयोजित ध्यानाकर्षण तथा धर्ना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यसै सन्दर्भमा शिक्षक आन्दोलन परिचालन समिति, प्युठानको संयोजनमा शिक्षा विकास तथा समन्वय इकाई,प्युठानमा पनि धर्ना कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा जिल्ला स्थित विभिन्न विद्यालयहरूबाट प्रतिनिधिमूलक रूपमा उल्लेखनीय संख्यामा शिक्षकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा शिक्षकको माग समेटिएको ध्यानाकर्षण पत्र बुझ्दै इकाई प्रमुख दुर्गा बहादुर खड्काले शिक्षकका जायज मागहरू सम्बोधन गर्न सम्बन्धित निकायमा पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो।
नेपाल शिक्षक महासंघले लामो समयदेखि शिक्षकमाथि भइरहेको अन्याय र अवहेलना अन्त्य गर्दै शिक्षा प्रणालीको समुचित सुधार र शिक्षकको हक-हित सुनिश्चित गर्न विभिन्न चरणमा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दै आएको छ।
प्रतिक्रिया राख्नुहोस्