सीप बिकास तालिमले समाजको नेतृत्व र क्षमता विकासमा सहयोग गर्छ: थानेश्वर भण्डारी 

सीप बिकास तालिमले समाजको नेतृत्व र क्षमता विकासमा सहयोग गर्छ: थानेश्वर भण्डारी 

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत थानेश्वर भण्डारीले तालिमबाट उत्पादन भएका दक्षजनशत्तिले समाजको नेतृत्व र क्षमता विकासमा टेवा पुराउनुपर्नेमा जोड दिनुभएको छ । 
प्युठान नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम मेड्पा अन्तर्गत मरन्ठाना खरिबोटमा २ महिने होजियारी सम्बन्धि सीप बिकास तालिमको समापन कार्यक्रम प्रमुख अतिथिको रूपमा बोल्दै उहाँले महिलाहरु सामाजिक,आर्थिक र राजनैतिक रुपले पछाडि परेको बताउदै आफुले सिकेको सिपलाई सहि रुपमा कार्यान्वायन गरी आर्थिक स्तर बृद्धि गरी आत्मनिर्भर बन्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभएको हो। 

त्यस्तै प्युठान नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदम गिरीले सिकेको शिपबाट व्यवसायिक रुपमा काम गरेमा मात्र आर्थिक स्तर उकास्न मद्धत मिल्ने भन्दै अबको समयमा सिकेको सिपलाई ब्यबहारमा उतार्न आबश्यक रहेको बताउनुभएको छ।
साथै उहाँले परिक्षार्थिको थप क्षमता बिकासका लागि अन्य निकाय सङ्ग समेत समन्वय गर्ने बताउनुभयो ।प्युठान नगरपालिकाकि उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले होजियारि बुनाइ तालिम कार्यक्रमले महिलाहरुको लागि राम्रो र प्रभावकारी रहेको बताउनुभयो। उहाँले महिलाहरुलाई मेड मोडेल अनुसार आय आर्जन र क्षमता बिकासका लागि यस्ता कार्यक्रमको आयोजना गरिएको बताउदै यस्ता सिप मुलक तालिमले हाम्रो समाज तथा देशमा नै धेरै राम्रो भूमिका खेल्ने बताउनुभयो ।
तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिमले आफुहरुमा भएको शिप तथा क्षमतालाई उजागर गरेको र व्यवसायिक सोचको विकास गरेको बताएका छन् ।