राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीले वडाका बेरोजगार युवा युवती लाई उद्यममा जोडिन आग्रह गर्नुभएको छ।
बुधबार गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेड्पा)अन्तर्गत प्युठान नगरपालिले बिजुवारमा आयोजना गरेको ८ दिने उद्यमशिलता बिकास तालिमको समापन समारोहको अध्यक्षताको आसनबाट बोल्दै अध्यक्ष राजभण्डारीले उक्त कुरा बताउनुभएको हो।
अहिलेको समय सीप र प्राविधिको भएकाले सीपको माध्यम बाट उद्यममा जोडिनुपर्छ,उहाँले भन्नुभयो-"अहिले हातमा सीप भए कोहि पनि मानिस बेरोजगार बस्नु पर्दैन र कसैको भर पनि पर्नु पर्दैन उद्यमशिलता तालिम पछी सीप बिकास तालिम प्राप्त गरि उद्यमि बन्न आग्रह गर्दै वडा भित्र रहेका युवा युवतीहरु लाई विभिन्न ब्यावसायहरु सन्चालन गरेर सफल उद्यमी बनाउनका लागि आफूले निरन्तर रुपमा सहयोग गर्दै आएको बताउनुभएको छ ।
कस्तो सहयोग आबस्क पर्छ सहयोगका लागि वडा कार्यालय तयार छ।"
उहाँले भन्नुभयो " व्यापार ब्यावसाय सबै ब्याक्तीहरुले गर्न नसक्ने भएकाले ब्यबसायको बजार माग र स्थानीय स्रोत साधनलाई मध्यनजर गर्दै ब्यबसाय रोज्ने कुरामा जोड दिन आबश्यक छ।"नगरपालिकाका उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले आर्थिक बर्ष ०७८/७९ मा नगरपालिका मार्फत ८० जना नयाँ उद्यमि र ४० जना स्तर उन्नति को लक्ष रहेकाले सोही अनुरुप अहिले प्युठान नगरपालिका अन्तर्गत वडा नम्बर २ र ४ मा उद्यमशिलता बिकास तालिम चलिरहेको बताउनुभयो । उहाँले भन्नुभयो"-मेड मोडेलमा कार्यक्रम सन्चालन गरि उद्यमशिला बिकास तालिम सम्पन्न भएको छ।अब केही दिनमै उहाँहरुलाई आफैले रोजेको ब्यबसाय सम्बन्धि सीप बिकास तालिम प्रदान गर्ने छौँ।"
८ दिने उद्यमशिलता बिकास तालिम अबधिमा सहभागीलाई व्यवसाय के हो ?किन महत्व छ ?,लघु उद्यम भनेको के हो?,सफल उद्यमी हुनको लागि आवश्वयक गुण,भएका स्रोत साधनको समुचित सदुपयोग कसरी गर्ने र ब्याबसयिकयोजना,बजारीकरणको,विक्रय कला कस्तो हुनुपर्ने,आम्दानी आयआर्जन र स्वरोजगार बारे सहजीकरण गरिएको प्रशिक्षक सीता बि क ले जानकारी दिनुभयो ।
त्यस्तै लघु उद्यमि केन्द्रिय महासंघका महासचिव धनी दमाईले गरिबी निवारणका लागि लघु उद्यम बिकास (मेड्पा)कार्यक्रम स्थानीय तहमा प्रभावकारी बन्दै गएको बताउनुयो।
साथै उहाँले प्रशिक्षार्थिलाई उद्यमशिलता बिकास तालिम पश्चात् आफुले रोजेको सीप बिकास तालिममा सक्रियता देखाई एक सफल उद्यममि बन्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्