राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका वडा नम्बर -१० मरन्ठानाका ६६ वर्षीय हुकुम बहादुर के सि बिहान उठ्नेवित्तिकै बारीमा पुग्नुहुन्छ ।बारीमा लगाएको तरकारी खेतीमा सिँचाइ,कुनै रोग कीरा हेर्ने र झारपात गोडमेल गर्ने उहाँको दैनिकी हो ।
कारण हो,उहाँले विगत ७ वर्षदेखि व्यावसायीक खेती गर्दै आउनुभएको छ । के सि को जीवनको ऊर्जाशील उमेर रोजगारीको सिलसिलामा भारतमै बिते ।
३३ बर्ष भारत बसेका हुकुम बहादुर लाई बुढ्यौलीले च्यापेसँगै घरमै बसेर स्वरोजगार हुने सोच आयो । घरमै बसेर आय आर्जन गर्ने विकल्प खोज्दै जाँदा उनको रुचीमा तरकारी खेती पर्यो।त्यसपछी तरकारी खेती नै रोज्नुभयो।
उहाँले तरकारी खेती सुरुवात त गर्नुभयो बजारकोे चिन्तासमेत सँगै थपियो। सुरु वर्ष थोरै जग्गामा मात्रै तरकारी खेती गर्नुभएको उहाँले उत्पादित तरकारी डोकोमा बोकेर नजिकैको बजार सम्म पुग्नुभयो। दिनहुँ डोकामा तराजु अनि तरकारी बोकेर बजार पुर्याउन हिड्नुपर्दा बजारसम्मै नपुग्दै बाटोमै बिक्री हुने गरेको बताउनुहुन्छ।
पहिले–पहिले उत्पादित तरकारी डोकोमा बोकेर विभिन्न ठाउँमा बेच्न हिड्ने गर्नुहुन्थ्यो।अहिले भने तरकारी लिन उपभोक्ता मोटरसाइकल लिएर घरमै आउछन। के सि ले अहिले कूल ८ रोपनी बारीमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ।जसमा टमाटर,काउली,बन्दा,खुर्सानीलगायत तरकारी लगाउनुभएको छ ।
आफ्नो तितो अनुभव सुनाउदै के सि भन्नुहुन्छ,त्यो समयमा बजार नपाएर मेला चाडपर्बहरु कुर्नु पर्यो, आफैले डोको मा बोकेर बजार सम्म लैजान्थे,तर अहिले पनि समस्या त नभएको होईन त्यस बखतको तुलनामा केहि भने सहज भएको छ।बजारमा तरकारीको माग बढी हुँदा मूल्य बढ्ने र माग कम हुँदा मूल्य कम हुने उहाँले बताउनुभयो।उहाँले कूल ७ वटा टनेलमा टमाटर लगाउनुभएको छ।
अहिलेको मौसममा मात्रै ६५ हजारको मात्रै काक्रा उत्पादन भएको उहाँले बताउनुभयो । टमाटर,गोपि,काक्रा सबैजसो तरकारी खेतीबाट कूल ४ लाख आम्दानी हुने र त्यसबाट खर्च कटाउदा ३ लाख बचत हुने उहाँले बताउनुभयो ।
उहाँका २ छोरा छ्न १ छोरी बिबाह भैसकेको छ भने श्रीमती बाट पनि राम्रो सहयोग भएकाले काममा झनै हौसला मिलेको उहाँको अनुभव छ।साथै आफ्नै घरमा उत्पादन भएको तरकारी खादा कुनै रोग नलाग्ने र स्वस्थ भइने पनि उहाँको अनुभव छ।
के सि ले २०७४ साल बाट खुल्ला रुपमा टनेलबाहिर टमाटर खेती शुरु गर्नुभयो । अहिले ८ रोपनी जग्गामा ७ वटा टनेल बनाउनुभएको छ ।
जसमध्ये ३ वटा पक्की टनेल प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना बाट उपलब्ध गराइएको हो। उत्पादित सबै तरकारी घरमै बिक्री हुने भएकाले पनि बजारको कुनै समस्या नभएको उहाँले सुनाउनुभयो । गत आर्थिक वर्षमा प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना बाट २ लाख अनुदान र आफ्नो २ लाख गरी कुल ४ लाखमा ३ वटा टनेल थप गर्नुभएको थियो । साथै वार्षिक २ वटा टनेल वृद्धि गर्दै लैजाने योजना रहेको उहाँको भनाइ छ।“गर्न सके स्वदेशमै सुन फलाउन सकिदो रहेछ”,उहाँले भन्नुभयो,“राज्यको तर्फबाट एउटा तरकारी बोक्ने सवारी साधन उपलब्ध गराउन सके सहज हुने उहाँ बताउनुन्छ।कृषिमा यान्त्रीकरणले उत्पादन बढी र लागत कम गराउने उद्देश्यले अहिले जिल्लाका प्युठान नगरपालिका,ऐरावती गाउँपालिका,झिमरुक गापालिका,स्वर्गद्वारी नगरपालिका,मल्लरानी गाउँपालिका र माण्डबी गाउँपालिकाका ८७ कृषक लाई १ सय ६० वटा टनेल अनुदान प्रदान गरिएको प्रधानमन्त्री कृषी आधुनिकिकरण परियोजना प्युठान का प्रमुख चुमान गिरीले जानकारी दिनुभयो।
प्रतिक्रिया राख्नुहोस्