घरमै स्वअध्ययनका लागी माण्डबिका बिध्यार्थिलाई पाठ्यपुस्तक वितरण

घरमै स्वअध्ययनका लागी माण्डबिका बिध्यार्थिलाई पाठ्यपुस्तक वितरण

सीता बि.क
प्युठान /माण्डबी गाउँपालिकको भबानिश्वरी आधारभुत बिध्यालय माण्डबि ३ जस्पुरले लकडाउन अर्थात् बन्दाबन्दीको समयमा बालबालिकाले घरैमा स्वअध्ययन गर्न पाउन भन्ने उदेश्यले पाठ्यपुस्तक वितरण गरिरहेको छ ।

 नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेको प्रोटोकल अनुसार ब्यक्तिगत सुरक्षा र सामाजिक दुरी कायम गर्दै बिद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गरिएको हो।
विद्यालयमा कक्षागत विद्यार्थीलाई सामाजिक दूरी कायम गरी पाठ्यपुस्तक वितरण भैरहेको प्रध्यानाध्यपक डिल्लिराज लम्सालले जानकारी दिनुभयो । उहाँले कक्षा नै पिच्छे विद्यालयको सेवाक्षेत्रलाई छुट्टाछुट्टै समय तोकी पाठ्यपुस्तक वितरण गरिएको बताउनुभयो ।
हालसम्म जस्पुर बगैचा ,देबिस्थान ,कुमलटार,थक्लेनी,एकचोटे, सिमलचौर आसपासका ७२ जना प्रा बि र १०० जना गरि जम्मा १७२ जना छात्रछात्रालाई पाठ्यपुस्तक वितरण गरिसकिएको उहाँले बताउनुभयो ।
करिव २५ प्रतिशत विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको माण्डबि गाउँ पलिकाका शिक्षा शाखा संयोजक पुर्ण के. सि ले जानकारी दिनुभयो । पालिकामा जम्मा २६ वटा सामुदायिक विद्यालय छन् । पालिकाको ३ नं वडामा रहेका सबै विद्यालयले पुस्तक वितरण गरिसकिएको उहाँको भनाई छ।
लकडाउनको समयमा घरमै बसेर विद्यार्थीले अध्ययन गरुन् भन्ने उद्देश्यले घरघरमै पाठ्यपुस्तक उपलब्ध गराइएको बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष यादव पौडेलले बताए । पालिका भित्रका सामुदायिक विद्यालयहरुले सामाजिक सञ्जाल मार्फत गत शैक्षिक सत्रको नतिजा सार्वजनिक गरिसकेका छन् ।
विद्यालयको नतिजाका आधारमा परीक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुका लागि माथिल्लो कक्षाका पाठ्यपुस्तक उपलब्ध गराइएको पौडेलको भन्नुभयो । विशेष सतर्कता अपनाएर विद्यार्थीहरुका घरमै पाठ्यपुस्तक उपलब्ध गराउनका लागि आफुहरु जुटेको उनको भनाई छ ।

लकडाउनका कारण गत चैत ११ गतेदेखि घरमै रहनुपरेका विद्यार्थीका लागि स्वअध्ययन गर्न नयाँ पाठ्यपुस्तकले केही मात्रामा भएपनि राहत पुगेको छ,'अध्यक्ष पौडेलले भन्नुभयो,‘विद्यार्थी र अभिभावक सबै खुशी देखिनुभएको छ ।’