प्यूठानमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १८पुग्यो

प्यूठानमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १८पुग्यो

सीता बि .क, प्यूठान। प्यूठानमा कोरोना संक्रमितको संख्या १८ पुगेको छ। हाल सम्म कोरोना देखिएका जिल्लाका सबैजना भारतबाट आएका हुन। मंगलबार जिल्लाको माण्डबी गाँउपालिकामा ५ र ऐरावती गाउपालिकाका १ गरि ६ जनामा कोरोना पुष्टि भएपछि जम्माजम्मी संक्रमितको संख्या १८ पुगेको हो।

गाउँपालिका स्वास्थ्य इकाई प्रमुख धुर्ब पोख्रेलले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाब परिक्षण गर्दा उनिहरुमा कोरोना पुष्टि भएको जानकारी दिए । पोख्रेलका अनुसार माण्डबी ५ रम्दीका उनिहरु भारतबाट आएर उदयपुरकोट स्थित क्वारेन्टाइनमा बस्दै आएका थिए । पिसिआर पोजेटिभ देखिएका ती संक्रमित २२ देखि ४० वर्ष उमेर समूहका पुरुष छन। संक्रमित सबैलाई देबिस्थान स्थित बहुउद्देश्यीय हलमा ब्यबस्थापन गरिएको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले जानकारी दिए।त्यस्तै ऐरावतीको बरौला स्थित क्वारेन्टाईनमा बसिरहेका एक २६ बर्षीय पुरुषमा समेत कोरिना देखिएको गाउपालिकाले जनाएको हो।
यसअघि जिल्लाको प्यूठान नगरपालिकाका ८ जना, सरुमारानी गाउँपालिकामा १ जना र स्वर्गद्वारी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सरुमारानिका एक जना बाहेक अन्य सबै जिल्लाभित्रकै आईसोलेशन सेन्टरमा छन। सोमबार सरुमारानिका १९ बर्षीय युवकलाई भने बेलझुण्डी कोरोना अस्पताल दाङ पठाईएको छ।

स्वास्थ्य कार्यालय प्युठानका अनुसार कोरोना संक्रमित सबैको अबस्था सामान्य छ।उनिहरु सवै स्वास्थ्यकर्मिको निगरानिमा छन।