दलित समुदाय माथी सांघातिक आक्रमण गर्नेलाई हदैसम्मको कार्वाही गर्न माग

दलित समुदाय माथी सांघातिक आक्रमण गर्नेलाई हदैसम्मको कार्वाही गर्न माग

राम बहादुर बिश्वकर्मा
प्युठान,जिल्लामा कृयाशिल दलित संघ,संगठनहरुले  माघ २६ गते मल्लरानी ४ बड्डाडाँ निवासी महेश्वर नेपालीको श्रीमती वर्ष ६० कि गुमी नेपालीको निधन भए पश्चात सामाजिक परम्परा अनुसार प्यूठान न.पा-४ किमरुक नदीको छेउको घाटमा दाहा संस्कार गर्ने क्रममा बिना कारण एक्कासी ३५/४० जनाको जत्था आई नदी पार गरी मलामी आएका व्यक्तिहरु माथि भएका विभेद तथा सांघातिक आक्रमणका सबै घटनाहरुको सत्यतथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कार्वाही गर्न तथा पीडितलाई न्याय प्रदान गर्न संयुक्त रूपमा जोडदार माग गरेको छ।
सोही क्रममा युवाहरुको सांघातिक आक्रमण गर्दा घटना घट्न पुगेको बताइएको छ । घटनामा केही व्यक्तिहरु घाइते भएको पनि बताइएको छ।
यस बिषयमा नेपाल दलित संघ प्युठानका अध्यक्ष गोपाल विश्वकर्मा,नेपाल मुक्ति समाज प्यूठान का खुम बहादुर परियार, जातिय समता समाज यूठानका का.बा.अध्यक्ष सम्शेर परियार,नेपाल दलित मुक्ति मोर्चा प्यूठानका अध्यक्ष पुरुषोत्तम बराईली, समाजबादी पाटी,प्यूठानका अध्यक्ष,श्याम गहतराज र नेपाल दलित मुक्ति अभियान लुम्बिनी प्रदेश सचिव सम्शेर नेपाली सहितले हस्ताक्षर गरि एक प्रेस बिज्ञप्ति जारी गर्दै माग गरेका हुन् ।

जब समाजमा कसैको मृत्यु हुँदा उक्त घर पारिवार मात्र नभएर सिंगो समाज शोकमा हुन्छ।त्यतिबेला उहाहरुलाई समवेदना तथा सान्त्वनाको अवश्यकता पर्दछ।तर यो घटनामा त्यस्तो दुःख परेको बेला मानवीय सहयोग गर्नुको सट्टा अमानवीय, असान्धर्विक, असामाजिक, पिडादायक र जातीय अपहेलना हुने कार्य भएकाले उक्त घटनामा संलग्न जो कोही व्यक्तिलाई कानुन बमोजिम कडा कारवाही गर्नका लागि सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौं।यदि यस्ता अमानवीय घृणित र जातीय अपहेलना तथा सामाजिक अपराधजन्य निन्दनीय कार्यहरु फेरी दोहोरियमा कडा आन्दोलन गर्ने प्रकाशित बिज्ञप्ति मार्फत चेतावनी समेत दिन दिइएको छ।