राम बहादुर बिश्वकर्मा
प्युठान,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी)ले प्युठान नगरपालिका शिक्षा शाखामा १ दिनदेखि लगाइएको ताला खोल्न माग गरेको छ ।
नेपालको संविधान ऐन,नियम र विभिन्न समयमा सम्बन्धित कार्यालयहरुबाट आएको परिपत्र र कार्यपालिकाको निर्णय बमोजिम कानुन सम्मत भएको निर्णयलाई राजनीतिक पूर्वाग्रह कपोलकल्पित एवम गैर जिम्मेवार ढङगले केही दिन अगाडी बिद्यार्थी संगठनको नाममा बिना कारण प्यूठान नगरपालिकाको शिक्षा शाखामा गरिएको ताला बन्दी प्रति ध्यानाकर्षण गराएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी)का अध्यक्ष प्रेम बहादुर बिश्वकर्माले बताउनुभयो ।
शिक्षा क्षेत्र जस्तो महत्वपूर्ण एवम पवित्र स्थानमा राजनीतिकरण गर्ने र पूर्वाग्रह राख्ने यस प्रकारका गतिविधि तत्काल बन्द गर्न र शिक्षा शाखामा लगाइएको ताला तत्काल खोली शैक्षिक गतिबिधि सुचारु गर्न समेत आग्रह गरिएको छ।
विद्यार्थी संगठन शिक्षा क्षेत्रमा देखिएका समस्या उठान गर्नुको सट्टा देश तथा जिल्ला व्यापिरुपमा गरिएको कानुन सम्मत निर्णयलाई व्यवास्ता गर्दै एउटा पालिकामा मात्र प्रतिशोधपुर्ण भावनाले गरिएको ताला बन्दी शैक्षिक क्षेत्रको सुधार भन्दा पनि राजनैतिक अभिष्ट पुरा गर्ने कुचेष्टा देखिएको छ ।व्यक्तिगत कुन्ठा भन्दा पनि शैक्षिक क्षेत्रमा भएका कमि कमजोरी सुधारका माग भए हामी पनि संगै हातेमालो गर्न तयार रहेको प्रकाशित बिज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया राख्नुहोस्