प्युठान जिल्लामै पहिलो‘किबि’व्यवसायी नरेन्द्रको उत्पादनले बजार पाउँदै 

प्युठान जिल्लामै पहिलो‘किबि’व्यवसायी नरेन्द्रको उत्पादनले बजार पाउँदै 

राम बहादुर बिश्वकर्मा
प्युठान,आफ्नै जिल्लामा फलेको ‘किबि’उपभोक्ताको रोजाइमा पर्दा गौमुखिकाका किसान नरेन्द्र मल्ल दङ्ग छन्।आफ्नै लगानीमा रोपिएका किबिका बिरुवाले दिएको फल तयार भए सङ्गै उनी यतिबेला बिक्रीका लागि जिल्लाको ब्यापारीक केन्द्र बिजुवार,बादुला पुगेका छन्।'बिक्रीका लागि शनिबार बिजुवार ल्याइपुर्‍याएको ३ सय के जि किबि एक दिनमै बिक्री भइसक्यो',उनले भने,'किबिखेतीमा लागेका किसानले उत्पादन क्षेत्रमा उचित मूल्य नपाउँदा भने केही खल्लो महसुस भएको छ।'किबिको उत्पादन राम्रो भयो तर गाउँमा खपत कम हुँदा उनले मच्छी,मरन्ठाना,बाग्दुला हुँदै बिजुवार क्वाडिमा बिक्रीका लागि ल्याएका हुन्।  
स्थानिय स्तरमा बहुउपयोगी फल किबिको महत्व बारे उपभोक्ता जानकार नभएकोले महत्व बुझाउनुको साथै किबिको बजार खोज्न पिकप मार्फत ढुवानी गरेर जिल्लाका विभिन्न स्थानमा पुर्‍याउनुपरेको किसान मल्ल बताउँछन।

तस्बिर : यी हुन गौमुखी गाउँपालिका वडा नम्बर ३ रजबाराका किसान नरेन्द्र मल्ल


गौमुखी गाउँपालिका वडा नम्बर ३ का किसान मल्लको १३ रोपनी क्षेत्रफलमा रोपिएका ५ सय किबिका बोटमा किबि फलेको थियो । फलेको किबि विभिन्न बजारसम्म पुर्‍याउन एक पिक अपको ढुवानी भाडा ६ हजार परेको थियो । उत्पादन क्षेत्रमा सम्बन्धित किसानले भने प्रतिकिलो १ सय मात्रै पाउने गरेका छन् ।
यो किबि बजारमा भने एक सय देखि ४ सय मा बिक्री भएको छ।गौमुखी रजबाराबाट यसपालि बजारमा एउटा पिक अपमा किबि बजारीकरणका लागि ल्याइएको विक्रेताको भनाई छ । 
गौमुखिको रजबारा किबि उत्पादनका लागि प्रख्यात छ।किबिको बजारीकरणमा भइरहेको समस्यासँगै व्यापारीले यो किबि बजारसम्म पुर्याउन चर्को ढुवानी भाडा तिर्नुपरेको छ भने किसानले उचित मूल्य पाउन सकिरहेका छैनन्।उत्पादन स्थलसम्म सडकको पहुँच नहुनु,भएका सडक पनि बर्खायाममा भत्किएर बन्द हुनु,भाण्डारणका लागि उचित व्यवस्था नहुनुजस्ता समस्याले उत्पादित स्याउ बजारसम्म पुर्याउन समस्या हुने गरेको मल्लको भनाई छ।
सरकारी निकायबाट किसानको अपेक्षा अनुसार सहयोग नपाउँदा किबिको बजारीकरणमा समस्या भइरहेको गुनासो पनि किसानको छ।चिसो हाबापानी रजबाराको किबि जिल्लाका प्रख्यात बजार क्षेत्रमा पुगेपछि स्थानीय उपभोक्ताले पनि यसको स्वाद लिन पाएका छन् ।
प्युठान नगरपालिका वडा नम्बर ८ बाग्दुलाकी नुना न्यौपानेले रजबाराको किबि रसिलो र स्वादिलो भएको अनुभव सुनाईन।
मल्लले सन्चालनमा ल्याएको समन जडिबुटी फलफूल तथा कृषि नर्सरी फार्ममा लटरम्मै किबी पाकिसकेका छन्।५ वर्ष अघिदेखि किबीको व्यावसायिक खेती सुरु गरेका मल्ल जिल्लाकै पहिलो किबी किसान हुन । 
उनको फार्ममा करिब ३० क्विन्टल किबि बिक्री हुन बाकी रहेको अनुमान गरिएको छ।किबीका बेर्नासमेत उत्पादन गर्दै आउनुभएका मल्लले गत वर्ष मात्र २ लाख रुपैयाभन्दा बढीको बेर्ना बिक्री गरेका थिए।
गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु गिरीले परीक्षणका रूपमा रजबारा नरेन्द्र मल्लले सुरुवातमा थोरै खेती गरेको भए पनि आम्दानी राम्रो हुँदै गएपछि थप खेती विस्तार गर्दै गरेकोमा खुशी ब्यक्त गरे।
किसानले व्यावसायिक किबी खेती गर्न थालेपछि गाउँपालिकाले आवश्यक सहयोग गर्दै आएको छ गिरीले भने"उत्पादित किबी बजारीकरण गर्न ढुवानी समेत गाउँपालिकाले सहयोग गर्ने छ।" 
अध्यक्ष गिरीका अनुसार गौमुखी गाउँपालिका ३ रजबारामा किबी खेतीको लागि उचित हावापानी भएको र राम्रो सम्भावना भएपछि उक्त क्षेत्रलाई किबी पकेट क्षेत्र बिस्तार कार्यक्रम सुरु गर्ने छ।
१२ सयभन्दा माथि र तीन हजारभन्दा कम उचाइमा किबी खेतीका लागि उपयुक्त हावापानी भएको स्थान मानिन्छ।