सीता बि.क
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ५ ठुलोगाउँ जुम्रीकाडामा ब्यबसाय सचेतना तथा लैङ्गिक समानता सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिम सुरु भएको छ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)अन्तर्गत प्युठान नगरपालिकाको आयोजनामा शनिबार देखि आठ दिने उद्यमशिलता बिकास तालिम सुरु भएको उद्यम विकास सहजकर्ता शारदा बिश्वकर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार तालिममा तीन दिने ब्यवसाय सचेतना तालिम दिइनेछ।चार दिन ब्यवसाय सुरु तालिम दिइनेछ।एक दिन लैङ्गिक सचेतना तथा समाजिक समावेशिकरण तालिम प्रदान गरिने छ।
स्थानीय महिला,विपन्न वर्ग तथा उद्यमी बन्न इच्छुक महिलाहरुको लागि तालिम उपयोगी हुने विश्वास व्यक्त गर्दै उद्यमशीलता विकास तालिम अन्तर्गत व्यवसाय गर्ने तरिका,व्यवसाय सुरुवात गर्ने तरिका,व्यवसायबाट नाफा आर्जन गर्ने तरिका,व्यावसायिक योजना बनाउने तरिका उत्पादित वस्तुको बजारीकरण कसरी गर्ने र जस्ता बिषय बस्तुमा केन्द्रित रहेर प्रशिक्षण गरिने उद्यम बिकास सहजकर्ता बिश्वकर्माको भनाई छ।
प्युठान नगरपालिका कार्यपालिका सदस्य लाली घर्तिले तालिमको व्यवहारिक कार्यान्वयनमा जोड दिनु भयो।
सिपले मानिसलाई आत्मनिर्भर र व्यावसायिक बन्न सिकाउने भएकाले तालिमवाट सिकेका कुराले सहभागिलाई सफल उद्यमी वन्न प्रेरित गर्ने विस्वास व्यक्त गर्दै त्यस तर्फ केन्द्रित वन्न उपस्थित सहभागिहरुलाई निर्देशन समेत दिनु भयो।
नगरपालिकाले नगरबासीको व्यवहार परिवर्तन गरि आत्मनिर्भर र कार्यशैलीमा सुधार ल्याई वव्यावसायिक बनाउने उद्देश्यले नगरपालिकाले उद्धमशिलता सङ्गै विभिन्न सीप बिकास तालिम सन्चालन गर्दै आइरहेको छ।
३० जना सहभागि रहेको तालिम आज देखि निरन्तर बैशाख १५ गते सम्म सञ्चालन हुने नगरपालिका कार्यालयले जनाएको छ।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) को मेड मोडेलको पहिलो चरण-उद्यम विकासको लागि सामाजिक परिचालनबाट छनौट भएका सम्भाव्य लघु उद्यमीहरुको लागि दोश्रो चरणमा ८ दिने उद्यमशिलता विकास तालिम सुरु भएको हो।
प्रतिक्रिया राख्नुहोस्