सीता बि.क
प्युठान,लायन्स क्लब डिस्ट्रीक ३२५ एन का डिस्ट्रीक चिफ लोक बहादुर बस्नेतले विद्यार्थीहरुलाई पोशाक वितरण गरेर आफ्नो जन्मदिन मनाउनुभएको हो।
प्युठान नगरपालिका वडा नम्बर १ सालघारी प्रा. बि. मा अध्ययनरत गरिब तथा जेहेन्दार छात्र छात्रालाइ विध्यालय पोशाक वितरण गरेर बस्नेतले आइतबार आफ्नो जन्मदिन मनाउनुभएको हो ।
सो विद्यालयमा अध्ययनरत विपन्न तथा जेहन्दार १६ जना छात्रछात्रालाई विध्यालय पोषाक उपलव्ध गराउनुभएको हो।

तस्बिर : लायन्स कल्व अफ प्युठानको आयोजनामा नगरपालिका वडा नम्बर १ सालघारी प्रा. बि. मा अध्ययनरत गरिब तथा जेहेन्दार छात्र छात्रालाइ विध्यालय पोशाक वितरण गर्दै बस्नेत
ब्यबसाय सङ्गै सामाजिक कार्यमा सक्रिय बस्नेतले आफ्नो जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई जोगाएर बिपन्न जेहेन्दार बिध्यार्थिलाई पोशाक वितरण गरिएको बताउनुभयो।
बालबालिकालाई पठन कार्यमा रुचि वृद्धि होस भन्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरेको हुँ”, बस्नेतले भन्नुभयो।
आगामी दिनहरुमा पनि सामाजिक कार्यमा लागिरहने बताउँदै बस्नेतले अन्यलाई पनि सामाजिक काममा लाग्न आग्रह गर्नुभयो।थोरै भएपनि आफुले गरेको सहयोगले विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुन्ने विश्वास लिएको उहाँको भनाई छ।
विद्यालयमा आएर विद्यार्थीलाई जन्मदिनको अवसरमा पोशाक वितरण गरेकोमा विद्यालयले बस्नेतलाई धन्यवाद समेत दिएको छ।
सहयोगी बस्नेत ब्यबसाय सङ्गै सामाजिक सेवामा समेत उत्तिकै सक्रिय हुनुहुन्छ।
प्युठान नगरपालिका वडा नं १ स्थायी घर भई हाल जुम्रीमा हार्डवयर व्यावसाय गरिरहेका समाजसेवी बस्नेतले समय समयमा विभिन्न संघ संस्थाहरु सँगै समाजमा यस्तै परोपकारी कामहरु गर्दै आईरहनुभएको छ।
कार्यक्रमको अन्त्यमा बोल्दै प्युठान लायन्स कल्वका अध्यक्ष्य झविन्द्र शर्माले लायन्स क्लब अफ प्युठान ले क्लबका हरेक सदस्यको जन्मदिनमा कुनै न कुनै सामाजिक कार्य गरिरहेको बताउदै आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्द्ता व्यक्त गर्दै कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने तथा जन्मदिनको अवसरमा लायन्स क्लब मार्फत बालबालिका लाई पोशाक सहयोग गरेकोमा लायन्स क्लब डिस्ट्रीक ३२५ एन का डिस्ट्रीक चिफ बस्नेतलाई समेत धन्यवाद दिनुभयो।
कार्यक्रममा लायन्स कल्वका ३२५ एनका रिजन चियर पर्सन अर्जुन कक्षपति,लायन सुर्यचन्द्र खनाल,शुशिल कर्माचार्य लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्