क्रान्तिकारी कम्युनिस्ट पार्टि जुट्यो,एकता महाधिवेशनमा प्रचण्ड सँग पार्टी एकता सम्भव छैन : नेता पोख्रेल

क्रान्तिकारी कम्युनिस्ट पार्टि जुट्यो,एकता महाधिवेशनमा प्रचण्ड सँग पार्टी एकता सम्भव छैन : नेता पोख्रेल

राम बहादुर बिश्वकर्मा
प्युठान,क्रान्तिकारी कम्युनिस्ट पार्टिका केन्द्रिय सचिबालय सदस्य धनेश्वर पोख्रेलले पुष्पकमल दाहाल प्रचण्ड सँग पार्टी एकता सम्भव नभएको बताएका छन् । 
आफ्नो पार्टिले बृहत्तर वामपन्थी एकताको पहल गरिरहेको बताउदै अब क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढ्नुको बिकल्प नरहेको उनको दाबी छ ।
आगामी मंसिर १३ देखि २२ गते सम्म एकता महाधिवेशन बारे पार्टीको धारणा लाई सार्वजनिक गर्ने उद्देश्यले शुक्रबार प्युठानको जुम्रीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पोख्रेलले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र सँग भने एकता सम्भव नभएको बताएका हुन्।प्रचण्डले सरकारमा रहदा सम्म पूर्वमाओवादीहरुसँग पार्टी एकता हुनसक्छ भन्ने तर सरकार बाहिर हुँदा पार्टी एकताको डम्फु बजाउने प्रचण्डले नेतृत्व गरेको माओबादी केन्द्र सङ्ग आफूहरूले एकताको प्रयास नै नगरेको उनले बताए ।
माओवादी केन्द्र र कम्युनिस्ट पार्टी उत्तर र दक्षिण ध्रुवको संज्ञा दिदै उनले भने उहाँहरुसँग एकताको प्रयत्न गर्न जरुरी छैन ।हाम्रो पार्टी सङ्ग एकता सम्भव छैन ।’क्रान्तिकारी कम्युनिस्ट पार्टिका केन्द्रिय सदस्य पोख्रेलले नेकपा बहुमत,नेकपा मोटो मसाल र क्रान्तिकारी कम्युनिस्ट पार्टी बीच एकता भएको जानकारी दिदै  पोख्रेलले ले भने,‘सच्चा कम्युनिस्ट सङ्ग ध्रुवीकरणका सम्भावना हुनसक्छ । अब अवसरवादीहरू एकातिर,सच्चा क्रान्तिकारीहरू अर्कोतिर नयाँ ढंगले पार्टी एकताको ढोका खुल्छ भन्ने विश्वास छ।’
त्यस्तै पार्टिका केन्द्रिय सचिबालय सदस्य तथा जिल्ला इन्चार्ज टिकाराम पौडेलले कम्यनिष्ट पार्टीलाई मजबुत बनाउन पनि नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीचको एकता अनिवार्य रहेको तर्क गरे। मंसिर १३ देखि २३ गतेसम्म काठमाडौमा हुने एकता राष्ट्रिय महाधिवेशनले नेपालको दलाल पुँजीवादी संसदीय व्यवस्थाविरुद्धको जारी संघर्षलाई जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादी क्रान्तितर्फ एक साथ अगाडि बढ्ने जानकारी दिए।
आगामी कार्तिक १० र ११ गते जिल्ला एकता सम्मेलन गर्ने बताइएको छ।  
कम्युनिस्ट पार्टिका जिल्ला संयोजक वीर बहादुर पुन को अध्यक्षता बाट सुरु भएको कार्यक्रममा पार्टिका जिल्ला स्तरिय नेता, नेपाल पत्रकार महासघ जिल्ला शाखा प्युठानका अध्यक्ष सन्जय रिजाल जिल्लामा कृयाशिल पत्रकारहरुले उपस्थिति रहेको कार्यक्रमको सन्चालन नेता गोबिन्दराज पोख्रेलले गरेका थिए।