स्वर्गद्वारी नगरपालिकाकी बिरा बनिन् प्युठान डान्स आइडल–२०७९ को विजेता

स्वर्गद्वारी नगरपालिकाकी बिरा बनिन् प्युठान डान्स आइडल–२०७९ को विजेता

प्युठान,प्युठान डान्स आईडल स्वर्गद्वारी नगरपालिकाकी बिरा घर्तीमगरले जित्नुभएको छ।
आज भएको ग्रान्ड फिनालेमा घर्तिमगर बिजेता बन्दै ५५ हजार ५५५ रुपियाँ नगद सहित ट्रफी, प्रमाणपत्र र विभिन्न उपहार प्राप्त गर्नुभएको छ ।
त्यस्तै दोस्रो गौमुखी गाउपालिका बाट रेजिना केसिको ग्रुप भएको छ भने तेस्रो प्युठान नगरपालिकाकी सरस्वती घर्ती मगर हुनुभएको छ । दिस्रोले ३३ हजार ३३३ र तेस्रोले २२ हजार २२२ रुपियाँ पुरस्कार सहित ट्रफी, प्रमाणपत्र र उपहार पाएका छन ।त्यस्तै चौथो मल्लरानी गाउपालिकाबाट एलिसा थापा र पाचौ प्युठान नगरपालिकाबाट अर्जुन भन्डारी हुनुभएको छ । चौथो र पाँचौलाई ट्रफी र उपहार दिईएको छ ।
कार्यक्रम संयोजक प्यार अलि खानले निर्णायकको मूल्याकंन र भोटको आधारमा बिजेता छानिएको बताउनुभयो । जिल्लाका ९ वटै स्थानीय तहमा पुगेर पालिका अडिसन लिएको उहाँले जानकारी दिनुभयो । जसबाट ५१ जना महोत्सवको मन्चसम्म पुगेका थिए ।डान्स आईडलको निर्णायकमा नृत्य निर्देशक, मोडल तथा डान्सर साहिर केसी र बबिता धिताल रहनुभएको थियो । पालिका अडिसनको निर्णायकमा राजबाबु नेपाली र शुशिला नेपाली रहनुभएको थियो ।