राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानमा जारी स्वर्गद्वारी प्युठान महोत्सवमा आइतबार चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले हजारौं दर्शकलाई छमछमी नचाए।शर्मा आउने थाहा पाए पछि दर्शकहरु बिहान देखि नै महोत्सव अवलोकनका लागि ओर्लिएका थिए।
विदाको दिन परेकाले पनि दर्शकको संख्या बढेको हो।दर्शकहरू साझ सम्म संगीतिक कार्यक्रममा झुमे।
महोत्सवको पाचौं संस्करण चलिरहदा अहिले दिनानुदिन महोत्सवमा दर्शकको खचाखच भिड बढिरहेको छ।
मञ्चमा देखिएका गायक शर्माले झण्डै डेढ घण्टा प्रस्तुती दिए।
पशुपति शर्माको प्रस्तुती हेर्न मञ्चमा प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्याल,जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख शिवराज पण्डित,लगायत पुगेका थिए ।
शर्माले गीत गाउँदा प्रजिअ बेद प्रसाद अर्याल,जिल्ला शिक्षा समन्वय प्रमुख शिबराज पण्डित,आयोजक सस्थाका अध्यक्ष पशुपति नारायण नकर्मी, महासचिव सन्देश आचार्य,कोषाध्यक्ष झविन्द्र शर्मा,पुर्ब अध्यक्ष इमानसिह भारती,जिल्ला समन्वय प्रमुख धर्म जि सि लगायत छमिछमि नाचेका थिए।
महोत्सव आयोजक संस्था प्युठान उद्योग बाणिज्य संघका महासचिव शन्देस आचार्यका अनुसार आइतबार मात्र ६ हजार पाँच सय दर्शकले मेला अवलोकन गरेको जानकारी दिए । त्यस्तै अन्दाजी ७०देखि ३० लाखको आर्थिक कारोबार भएको पनि उनले बताए।सबैभन्दा बढी कारोबार होटलमामा भएको बताइएको छ।
महोत्सवमा बलाङ्केट,जुत्ताचप्पल,होटल तथा रेष्टुरेण्ट लगायत दैनिक उपभोग्य बस्तुका स्टलहरुमा अवलोकनकर्ताको भिड बढेको महासचिव आचार्यको भनाई छ।
महोत्सवमा लोक तथा दोहोरी गायिका टिका प्रसाईं लेखराज गुरुङ,प्रचण्ड जिसी,दिपु पुन मगर लगायतले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।
फाल्गुन १४ गते सम्म संचालन हुने महोत्सव सोचेभन्दा पनि राम्रो भएको महोत्सव मूल आयोजक समितिका पशुपति नारायण नकर्मिले बताए । महोत्सव सोहाद्र पूर्ण वातावरणमा सञ्चालन भैरहेको संयोजक नकर्मिले जनाए।महोत्सवको शान्ति सुव्यवस्था मजबुत पार्नका लागि नेपाल प्रहरी लगायतका सुरक्षाकर्मी खटाइएको छ।
सोमबार भने चर्चित लोक तथा दोहोरी गायीका रचना रिमाल,शान्ती श्री परियार,बिनोद परियार,दिमु पुन मगर,राजेश भण्डारी लगायत स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने बताइएको छ।
महोत्सवमा २सय ५० स्टल सहभागी छन। महोत्सव अवधिभर औद्योगिक,कृषि, पर्यटन,प्रवर्धन लगायतका कार्यक्रम सहित उपभोक्तालाई सस्तो मुल्यमा गुणस्तरीय बस्तु उपलब्ध गराइने संघका महासचिव शन्देस आचार्यले जानकारी दिएका छन् ।
त्यस्तै प्युठान डान्स आइडल तर्फ प्रतिस्पर्धाबाट उत्कृष्ट १७ जना चयन भएका छन।पालिका अडिसन हुँदै मेघा राउण्ड पार गरेर ५१ जना महोत्सवको स्टेजमा पुगेका थिए।
प्रतिस्पर्धाबाट उत्कृष्ट १७ जना चयन भएका हुन ।पालिका अडिसन हुँदै मेघा राउण्ड पार गरेर ५१ जना महोत्सवको स्टेजमा पुगेका थिए।
उनीहरुले फागुन ८ गते नेपाली चलचित्रको गीतमा नृत्य प्रस्तुत गर्नेछन।प्युठान डान्स आईडलको निर्णायकमा साहिर केसी र बबिता बोहोरा रहेका छन।
बिजेताले ५५ हजार ५५५,फस्ट रनर अपले ३३ हजर ३३३ र सेकेन्ड रनर अपले २२ हजार २२२ पुरस्कार पाउने संयोजक प्यार अलि खानले जानकारी दिए।
प्रतिक्रिया राख्नुहोस्