प्युठान महोत्सवमा अहिलेसम्मकै दोब्बर दर्शकको भिड,भोलि रमेश राज भट्टराई सहितका कलाकार आउने 

 प्युठान महोत्सवमा अहिलेसम्मकै दोब्बर दर्शकको भिड,भोलि रमेश राज भट्टराई सहितका कलाकार आउने 

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानमा जारी पाचौं स्वर्गद्वारी प्युठान महोत्सवमा आज मङ्गलबार उल्लेख्य दर्शकको सहभागिता रहेको छ।

अरु दिनको तुलनामा कारोबार पनि राम्रो भएको छ।फाल्गुन ४ बाट शुरु भएको महोत्सवको आज छैटौं  दिन विदा भएका कारण पनि दर्शकको भिड बढेको आयोजकको अनुमान छ । आज मात्रै ८ हजार ८ सय दर्शकले महोत्सव अवलोकन गरेको प्युठान उद्योग वाणिज्य संघका महासचिव शन्देस आचार्यले जानकारी दिएका छन।आज महोत्सवमा चर्चित लोक तथा दोहोरी गायिका राधिका हमाल,गायक महेश काफ्ले लगायतका कालकारहरुले प्रस्तुती राखेका थिए । 
आज महोत्सवमा रहेका स्टलहरुमा पनि राम्रो व्यापार भएको व्यापारीले बताए। बाल उद्यानमा पनि दर्शकले मज्जा लिए ।

प्युठानको उद्योग, पर्यटन,कृषि,कला, संस्कृति र सम्भावनाको उजागर, प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्य राखेर प्युठान  उद्योग बाणिज्य संघको आयोजनामा पाचौं स्वर्गद्वारी प्युठान  महोत्सव फाल्गुन १४ सम्म चल्ने छ ।
भोलि १० गते रमेश राज भट्टराई,सुकदेव अधिकारी,मोहन नेपाली,दिपु पुन मगरको प्रस्तुति रहने आयोजकले जनाएको छ।