राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानमा फागुन ४ गतेदेखि सञ्चालन भएको पाचौं स्वर्गद्वारी प्युठान महोत्सवको सातौं दिनसम्म आइपुग्दा करीब ३० हजार दर्शकहरुले अवलोकन गरेका छन् । सातौं दिनसम्म आइपुग्दा विभिन्न राष्टिय तथा स्थानीय कलाकारहरुले प्रस्तुति देखाइसकेका छन्।
आज सातौं दिनमा महोत्सवमा चर्चित कलाकारहरु रमेशराज भट्टराई,सुकदेव अधिकारी,मोहन नेपाली दिपु पुन मगर लगायतकाको प्रस्तुतिबाट रौनकता थपिएको थियो ।
त्यस्तै गरी भोली महोत्सवमा हट गायिका ज्योति मगर,एलिना चौहान,बिक्रम बाबू,सिमाना बिश्वकर्मा लगायतकाको प्रस्तुति रहने बताइएको छ।
महोत्सवबाट बचेको रकमबाट नगर क्षेत्रमा अत्यावश्यक वाणिज्य शभा हल,प्रदर्शनी स्थल निर्माणको थालनी गरिनुका साथै प्युठान को पर्यटन प्रवर्धनमा लगानी गरिने आयोजकले बताएको छ ।
महोत्सवको मुख्य आकर्षणको रुपमा हस्तकला प्रदर्शनी,कृषि प्रदर्शनी,खाना,साँस्कृतिक भेषभूषा प्रदर्शनी लगायत विविध हास्यव्यङ्ग्य एवं मनोरञ्जनात्मक कार्यक्रमहरु भइरहेको महोत्सव आयोजक उद्योग बाणिज्य संघ प्युठान का महासचिव सन्देश आचार्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्