प्रेस चौतारीको २५ औँ स्थापना दिवस प्युठानमा विविध कार्यक्रम गरि मनाइँदै

प्रेस चौतारीको २५ औँ स्थापना दिवस प्युठानमा विविध कार्यक्रम  गरि मनाइँदै

सीता बि.क
प्युठान,प्युठान  प्रेस चौतारी नेपाल प्युठान शाखाले यही माघ २२ गते आफ्नो स्थापना दिवस मनाउने भएको छ।
प्रेस चौतारी नेपाल प्युठानका अध्यक्ष बासुदेब गिरीको अध्यक्षता र संगठनका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गिरुप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा शनिबार बिजुवारमा बसेको बैठकले माघको २२ गते जिल्ला अस्पताल प्युठानमा भर्ना भैई उपचारार्थ बिरामीलाई फलफूल बितरण र रेडक्रस सोसाइटीको समन्वयमा रक्तदान कार्यक्रमसहित स्थापना दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ ।
बैठकले स्वर्गिय गोपाल दास नकर्मिको स्मृतिमा प्रदान गर्दै आएको उक्त पत्रकारिता पुरस्कार यस वर्षपनि १ जना उत्कृष्ट क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने निणर्य गरेको सचिव राम बहादुर बिश्वकर्माले  जानकारी दिनुभयो । त्यस्तै बैठकले प्रतिनिधि शभा निर्वाचनमा नेकपा एमाले का पोलिट ब्युरो सदस्य तथा  जिल्ला इन्चार्ज सुर्य थापा र नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य तथा निबर्तमान जिल्ला अध्यक्ष तुल्सिराम शर्मा प्रदेश शभा प्युठान क्षेत्र नम्बर १ मा निर्वाचित हुनुभएकोमा बधाई ज्ञापन गर्दै समग्र प्युठानको हीतका लागि काम गर्न नेतृत्वदायी भूमिका लिन पनि अनुरोध गरेको र सो अबसरमा विभिन्न मिडियामा आबद्ध भई समाचार सम्प्रेषण गर्नुहुने सम्पुर्ण सन्चारकर्मिलाई धन्यवाद समेत ब्यक्त गरेको छ। 
बैठकमा संगठन सुदृढीकरणसँगै आगामी कार्ययोजना लगायतका विषयमा पनि छलफल भएको थियो ।बैठकका प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गिरु प्रसाद भण्डारीले शहिदहरुकै बलिदानका कारण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्राप्ति भएको भन्दै समाजलाई सकरात्मक प्रभाव पर्ने गरी पत्रकारहरुले कलम चलाई राख्नुपर्ने बताउनुभयो । ‘कहिले सरकारका विरुद्धमा सडकमा पत्रकार उत्रिए,कहिले राजनैतिक व्यवस्थाका विरुद्धमा तर अहिले समाचारबाटै समाज,राजनैतिक दल र सरकारलाई उत्तरदायित्व बहन गर्न सिकाउने समय हो यो’ भण्डारीले भन्नुभयो ‘पत्रकार समय र प्ररिस्थिति अनुसार अगाडी बढ्नुपर्दछ,अहिलेको समय समाचारकै माध्यमबाट सरकार र समाजलाई सुसुचित गर्नु हो,अहिलेको सदर्भभमा व्यावसायिक पत्रकारिता नै मुख्य उद्देश्य भएकाले सोही अनुसार अगाडि बढ्न अपरिहार्य छ।’विसं २०५५ मङ्सिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो। सोही दिनको स्मरणमा  चौतारीले केन्द्रस्तर सहित विभिन्न जिल्लामा विभिन्न कार्यक्रम गर्दै आएको सुनाउदै शाखाका अध्यक्ष गिरीले भन्नुभयो।-"पत्रकारको हितमा काम गर्दै सामाजिक तथा सृजनात्मक काम चौतारीको प्राथमिकतामा रहन्छ।’
जनताका मुद्दा उठाउँदै व्यवसायिक धर्म निर्वाह गर्न चौतारीका सदस्यहरु प्रतिबद्ध रहेको भन्दै अध्यक्ष गिरीले श्रमजीवी पत्रकारका पक्षमा संघर्षसँगै आगामी दिनमा विधि बिधानमा टेकेर संस्थाको हितमा समयानूकुल काम गर्दै जाने कुरामा आफ्नो कार्यसमिति दृढ रहेको बताउनुभयो। 
बैठकमा नेकपा एमाले जिल्ला समिति प्युठानका सचिवालय सदस्य लक्ष्मी प्रकाश राजभण्डारी,जिल्ला कार्यसमिति समिति सदस्य बिजय सिह भारती, प्रेस चौतारी लुम्बिनी प्रदेशका सचिब एल बि थापा,सदस्य कमल बि. क लगायतको समेत उपस्थिति रहेको थियो।