सीता बि.क
प्युठान,प्युठान नगरपालिकामा भएको चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि वडा न ३ को मुक्ति माध्यमिक विद्यालयले हात पारेका छ । मुक्ति माविले २५ स्वर्ण पदकसहित उपाधि हात पारेको हो। मुक्ति माविले १० वटा स्वर्ण,५ रजत र ४ कास्य पदक हाँसिल प्रथम भएको हो।
प्रतियोगितामा वडा न ८ को जनता मा बि बाग्दुला द्वितीय भएको छ । जनता मा बि ले १४ स्वर्ण पदक जित हाँसिल गरेको छ । तृतीयमा वडा न ९ को बाल बिध्या माध्यमिक विद्यालय विजयी भएको छ। विद्यालयले ७ स्वर्ण पदक पदक हाँसिल गरेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार माघ १९ गते देखि ५ विधामा सञ्चालन भएको प्रतियोगितामा २४ वटा खेल समावेश गरिएको थियो।
प्रतियोगितामा प्रथम,दितिय र तृतीयलाई सिल्ड,मेडल र प्रमाणपत्रसँगै उत्कृष्ट भएका खेलाडीलाई नगरपालिकाका उप प्रमुख देबेन्द्र बर्माले पुरस्कार वितरण गर्नुभएको थियो।
प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरपालिका उपप्रमुख वर्माले बिजय टिमलाई बधाई व्यक्त गर्दै उपबिजेता खेलाडीलाई अबसरको रुपमा लिन आग्रह गर्नुभयो।
नौ स्थानीय तह रहेको जिल्लामा जिल्लास्तरीय प्रतियोगिता यही माघ २५,२६ र २७ गते गणतान्त्रिक खेलमैदान बिजुवारमा हुने जिल्ला खेलकुद विकास समितिका प्रमुख ओमलाल नेपालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अन्तरमाविस्तरीय प्रतियोगितामा प्रथम भएका तथा छनौटमा परेका विद्यार्थीले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने पाउने छन।
बार्हौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत जिल्लास्तरीय छनौट प्रतियोगिताको उपाधि प्युठान नगरपालिकाले प्राप्त गरेको थियो ।
३ दिनसम्म सन्चालन भएको प्रतियोगितामा नगरपालिकाका १० वटै वडाका जनप्रतिनिधि,विद्यालयका प्रधानाध्यापक, शिक्षक,विद्यार्थी तथा सर्वसाधारणको सहभागीता रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्