सिता बि.क
प्युठान,सरुमारानी गाउँपालिका वडा नम्बर १ मा २२ औं राष्ट्रिय धान दिवस मनाइएको छ।
“धान बालीमा सघनता:खाद्य सुरक्षा र आत्मनिर्भरता”भन्ने मूल नाराका साथ सरुमारानी गाउँपालिका कृषि शाखा र एकीकृत कृषि तथा पशुपन्क्षी कार्यालय खलंगाको संयुक्त आयोजनामा सरस्वती माध्यमिक विद्यालय फोर्सावाङ वडा नं. १ स्थित करिब ४ राेपनी खेतमा धान रोपेर धान दिवस मनाइएको हो।
धान दिवसको अवसरमा प्रमुख अतिथि सरुमारानी गाउँपालिका उपाध्यक्ष बसन्ता खड्काले शुभकामना व्यक्त गर्दै नेपालीहरूको मौलिक परम्परासँग जोडिएको धान दिवस महत्त्वपूर्ण दिनको रुपमा रहेको बताएउनुभयो।
उहाँका अनुसार किसान भनेका अन्नदाता हुन् ।माटो र पानीसँग खेलेर किसानले पसिना बगाएकै कारण मानिसले खाद्यान्न पाएका छन् ।उहाँले भन्नुभयो यदी किसानले दुख नगरेको भए हामीले खाने अन्न कहाँबाट प्राप्त हुन्थ्यो? किसानले मेहनत गर्न छाड्ने हो भने हाम्रो अर्थतन्त्रको अवस्था कस्तो होला? सहजै अनुमान लगाउन सकिन्छ। यति हुँदाहुँदै पनि नेपालमा किसानलाई सम्मान गर्ने संस्कार नहुनुले कृषि पेशाप्रति युवा पुस्ताको आकर्षण छैन।
समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्नका लागि पनि कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभएको छ।
कृषिलाई हिलो र माटोसँग तुलना गरिन्छ तर किसानलाई उनीहरुले अपनाएको पेशाप्रति गर्व गर्ने वातावरण निर्माण हुनुपर्ने उहाँको भनाइ छ।सरस्वती मा बि का प्र अ भक्त बहादुर मर्साङ्गिले नेपालको कृषि प्रविधिमा भन्दा श्रममा आधारित र व्यावसायिकभन्दा निर्वाहमुखी बनेको बताउनुभयो।नेपाल कृषि प्रधान देश भनिए तापनि पछ्छिल्लो समयमा यो अवस्था छैन उहाँले भन्न्नुभयो। निर्वाहमुखी कृषि गरिरहेको आमाबाबुले कृषिमा हुने भौतिक दुःख, खनजोत,घाँस दाउरा,सिँचाइ र मल-बीउको अभाव र प्रतिकूल मौसमका कारण उत्पादनमा हुने कमी,उत्पादित कृषिजन्य वस्तु बेच्न बजार अभाव र बजार भए पनि उचित मूल्य नपाउनु, लगानीअनुसार आम्दानी नहुनु, नहुनु,कृषिमा लागेकाको भन्दा अन्य पेसामा लागेकाको सामाजिक प्रतिष्ठा बढी हुनु जस्ता कुराले कृषीमा युवाको आकर्षण हुन नसकेको बताउनुहुन्छ।
सरकारले ग्रामीण क्षेत्रमा आवश्यकता र जनचाहनाअनुरूप पूर्वाधार,शिक्षा,स्वास्थ्य,रोजगारी व्यवस्था गर्न नसक्दा र वैदेशिक वा अन्य रोजगारीमा लाग्न बाध्य भएको उहाँको भनाई छ।
त्यस्तै एकीकृत कृषि तथा पशुपन्क्षी बिकास कार्यालय खलंगाका प्रमुख बिनोद शर्माले जलवायु परिवर्तनले कृषिमा उत्पादनमा असर परिरहेको बताउँदै यसलाई ध्यानमा राखेर खेती गर्नुपर्ने औँल्याउनुभयो।
कार्यालयले किसानको हरेक गतिविधिमा सरिक हुँदै काम गरेको चर्चा गर्दै उहाँले नेपालमा ५ देखि ७ प्रतिशत जमिनमा मात्र धान खेतीले ओगटेकोले उक्त क्षेत्रलाई वृत्ति बिकास र युवाहरुलाई कृषी पेशामा लाग्न सहयोग पुग्ने धान दिवसले महत्व राख्ने उहाँको धारणा छ।
सरस्वती मा बि को ब्यबस्थापन मा संचालित कार्यक्रममा सरुमारानी गाउँपालिका कृषि शाखा प्रमुख इश्वर जि.सिले स्वागत मन्तब्य राख्नुभएको थियो।


प्रतिक्रिया राख्नुहोस्