राम बहादुर बिश्वकर्मा
प्यूठान,प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ देउरालीमा गाई काटेको आरोपमा तीन जना प्रहरी नियन्त्रणमा परेका छन्।
प्रहरीलाई प्राप्त गोप्य सूचनाअनुसार बिहीबार बिहान करिब ८ बजे स्थानीय मोहन वि.क.को घरदेखि करिब १०० मिटर टाढा रहेको खोलामा गाई काटिएको थियो।
घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माको नेतृत्वमा ९ सहितको टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ५३ वर्षीय मोहन वि.क.,४१ वर्षीय कृष्णबहादुर नेपाली र ३९ वर्षीय कासीराम नेपालीलाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय भिंगृबाट करिब १७ किलोमिटर दक्षिणमा पर्ने उक्त घटनास्थलमा भएको घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया

प्रतिक्रिया राख्नुहोस्