राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानमा बसबाट खसेर बालकको मृत्यु
प्युठान,प्युठानमा बसको ढोकाबाट खसेर टायरले किच्दा १० वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ।
शनिबार दिउँसो करिब ३:४० बजे प्युठान नगरपालिका–३ ओखरबोटमा जुम्रीबाट ओखरबोटतर्फ जाँदै गरेको ना ४ ख ५९४६ नम्बरको बसबाट खस्दा घोराही उपमहानगरपालिका-१२ निवासी प्रकाश सुनारका छोरा १० वर्षीय पुष्कर सुनारको मृत्यु भएको हो।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी निरीक्षक महेश्वरी विष्टको नेतृत्वमा ६ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले बस चालक प्रेम गिरीलाई नियन्त्रणमा लिएको छ। चालकसँग सवारी चालक अनुमतिपत्र रहेको र मादक पदार्थ सेवन नगरेको प्रारम्भिक विवरणमा उल्लेख छ।
घटनाबारे थप अनुसन्धान तथा विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्