प्युठानमा २ हजार ५ सय ५७ किशोरीलाई एचपीभी खोप दिइँदै

श्रीराम भण्डारी 
प्युठान,प्युठानमा पाठेघरको मुखको क्यान्सरबाट बचाउन २ हजार ५ सय ५७ जना किशोरीलाई एचपीभी खोप दिइने भएको छ।
जिल्लाभर विद्यालयमा अध्ययनरत किशोरी तथा समुदायमा रहेका १० वर्ष उमेर पुगेका किशोरीलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख नरेशबाबु श्रेष्ठले बताउनुभयो।
गत वर्ष प्युठानमा २ हजार ६ सय ३३ जना किशोरीलाई एचपीभी खोप लगाइएको वरिष्ठ जनस्वास्थ्य अधिकृत मधुसूदन खड्काले जानकारी दिनुभयो।
जिल्ला स्तरीय खोप समन्वय समितिको निर्णयअनुसार प्युठानमा एकैपटक भदौ २४ गतेदेखि २६ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गरिने भएको छ।