सरुमारानीले बाढीपीडितका लागि ५ लाखसहित कर्मचारीको एक दिनको पारिश्रमिक दिने

सरुमारानीले बाढीपीडितका लागि ५ लाखसहित कर्मचारीको एक दिनको पारिश्रमिक दिने

राम बहादुर बिश्वकर्मा
प्युठान,रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सरुमारानी गाउँपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
गाउँपालिकाले बाढीका कारण भएको ठुलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।
गाउँपालिकाका अनुसार संस्थागत सहयोगसँगै गाउँपालिकाका जनप्रतिनिधि,शिक्षक तथा कर्मचारीको एक दिन बराबरको सेवा सुविधा तथा पारिश्रमिक रकम पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
बाढीबाट प्रभावित नागरिकको खोज,उद्धार,राहत र पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त निर्णय गरिएको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताएका छन्।
गाउँपालिकाले विपदको यस कठिन घडीमा देश तथा विदेशमा रहेका नेपालीलाई समेत आवश्यक सहयोग र ऐक्यबद्धताका लागि अपिल गरेको छ।