प्युठान,रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत,उपचार तथा पुनर्स्थापनाका लागि ऐरावती गाउँपालिकाले ११ लाख ९ हजार ५६९ रुपैयाँ सहयोग गर्ने भएको छ।
गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीको तर्फबाट संकलित रु ११ लाख ९ हजार ५ सय ६९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएको हो।
भाद्र १० गते बिहान भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा,नुवाकोट,गोरखा र धादिङका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै गाउँपालिकाले दुःख व्यक्त गरेको छ।
गाउँपालिकाले विपद्को कठिन घडीमा तत्काल उद्धार,राहत,उपचार तथा सुरक्षित स्थानान्तरणका लागि तीनै तहका सरकार,नागरिक समाज,निजी क्षेत्र,सञ्चार जगत्,स्वयंसेवी संस्था तथा सबै सरोकारवालालाई सहकार्य र समन्वय गर्न अपिल गरेको छ।
साथै बाढीपहिरोको जोखिम अझै कायम रहेकाले उच्च सतर्कता अपनाउन तथा विपद्मा परेका नागरिकलाई आ-आफ्नो ठाउँबाट सहयोग गर्न गाउँपालिकाले आग्रह गरेको छ।
प्रतिक्रिया राख्नुहोस्