राम बहादुर बिश्वकर्मा
प्युठान,रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडमा Mechanical Foreman पदमा कार्यरत प्यूठान नगरपालिका-१०,मरन्ठाना आमडाँडा निवासी पिताम्बर श्रेष्ठ रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएका छन्।
श्रेष्ठ आज बिहान करिब ८ बजेदेखि परिवार तथा आफन्तको सम्पर्कमा नआएका हुन्। बाढीका कारण रसुवामा विपद्को अवस्था सिर्जना भएपछि उनको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेको परिवारजनले बताएका छन्।
श्रेष्ठ लामो समयदेखि रसुवागढी हाइड्रोपावर कम्पनीमा कार्यरत रहेको बताइएको छ। उनी सम्पर्कविहीन भएपछि परिवार,आफन्त तथा शुभेच्छुकहरू चिन्तित बनेका छन्।
रसुवा तथा आसपासका क्षेत्रमा रहेका सुरक्षाकर्मी,उद्धारकर्मी तथा स्थानीयवासीलाई श्रेष्ठको खोजीमा सहयोग गरिदिन आग्रह गरिएको छ। उनको अवस्थाबारे कुनै जानकारी प्राप्त भएमा परिवारलाई तत्काल खबर गरिदिन अनुरोध गरिएको छ।
श्रेष्ठको खोजी तथा अवस्थाबारे जानकारीका लागि सम्पर्क:
९७४९७३३७२४,९८६७३२१२३३, ९८४४९०८७५५
प्रतिक्रिया राख्नुहोस्