एम्नेष्टी प्युठानमा नयाँ नेतृत्व : सुजल श्रेष्ठ संयोजक,अभियान विस्तारमा प्रतिबद्धता

एम्नेष्टी प्युठानमा नयाँ नेतृत्व : सुजल श्रेष्ठ संयोजक,अभियान विस्तारमा प्रतिबद्धता

राम बहादुर बिश्वकर्मा
प्युठान,एम्नेष्टी इन्टरनेशनल नेपाल समूह ३६ प्युठानको २४औं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले सुजल श्रेष्ठको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गर्दै आगामी कार्यकालका लागि संगठनको नेतृत्व हस्तान्तरण गरेको छ।
नवनिर्वाचित कार्यसमितिको सह-संयोजकमा लोकेन्द्र सुनार चयन हुनुभएको छ। त्यसैगरी सचिवमा राधिका पन्थी,सह-सचिवमा राधिका खड्का र कोषाध्यक्षमा तिला बुढाथोकी रहनुभएको छ। समितिको सदस्यहरूमा लिलापसिंह बस्नेत,गणेशीदेवी घिमिरे,विमला जि.सि र विद्यालक्ष्मी श्रेष्ठ चयन हुनुभएको छ।
अधिवेशनको अवसरमा संस्थाको विगतका गतिविधि,मानवअधिकार प्रवर्द्धनमा भएका पहल तथा आगामी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो।सहभागीहरूले मानवअधिकार संरक्षण,सामाजिक न्याय,समानता र सचेतना अभिवृद्धिमा एम्नेष्टी इन्टरनेशनलको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै यसलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
नव निर्वाचित संयोजक श्रेष्ठले संगठनलाई थप सशक्त,पारदर्शी र जनमुखी बनाउँदै मानवअधिकार सम्बन्धी अभियानलाई स्थानीय तहदेखि समुदायसम्म विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।साथै उहाँका अनुसार युवापुस्तालाई अभियानमा सक्रिय रूपमा जोड्दै संगठनको गतिविधिलाई अझ गतिशील बनाउने लक्ष्य सहित स्थानीयस्तरमा मानवअधिकार चेतना फैलाउने उद्देश्यले क्रियाशील यस समूहले आगामी दिनमा विभिन्न सचेतनामूलक कार्यक्रम,प्रशिक्षण तथा अभियान सञ्चालन गर्दै समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।