राम बहादुर बिश्वकर्मा
प्युठान,नेपाली काङ्ग्रेस प्युठान जिल्ला सहसचिव युवा नेता तथा समाजसेबि प्रमाेद पाेख्रेलले बिपन्न घरपरिवार लाई खाध्यान्न सहयाेग गर्नुभएको छ।
जन्मदिनको अवसर पारेर मानिसहरुले आजभोली फजुलको खर्च गर्ने अनि केक काटेर साथी भाईहरु संग रमाईलो गर्ने परम्परालाई अन्त्य गर्ने सोचका साथ जन्मदिन लाई झिमरुक गाउपालिका ४ बाङ्गेमराेटका पाच बिपन्न घरपरिवारलाई एक एक बाेरा चामल दुई दुई किलाे दाल,दुई दुई लिटर तेल,दुई दुई किलाे नुन निशुल्क सहयाेग गरि मनाएको बताउनु भएको छ।
तस्बिर:झिमरुक गाउपालिका वडा नम्बर ४ बाङ्गेमराेटका बिपन्न घरपरिवारलाई खाध्यान्न बितरण गर्दै युवा नेता पोख्रेल
तामझाम र तडक भडक गरेर जन्मदिनहरु मनाएर लाखौं रुपैया खर्च गर्ने परम्पराको अन्त्य गर्न र लोकतन्त्रमा विपन्न समुदायले भोग्नु परिरहेका समस्याहरु प्रति सरकारको ध्यानाकर्षण गर्ने उद्देश्यका साथ बिपन्न परिबारका माझ जन्म दिवस मनाइएको कुरा पोख्रेलले बताउनुभएको छ।
पाेख्रेलले अाफ्नाे जन्मदिन पाैष १२ गते परेकाे र अाज आफ्नो स्वास्थ्य समस्याको कारण जन्मदिन मनाउन असमर्थ भएकाले आज उहाँकै भाई रामजी पोख्रेलको जन्मदिनको अबसर पारी बिगतका बर्षमा जस्तै यस बर्ष पनि दिन दुखि,बिपन्न असाहय तथा अशक्त लाई सहयाेग गरेको बताउनुभयो।
यस अघिका बर्षहरुमा पनि उक्त क्षेत्रका अतिविपन्न र अपाङगता भएका परिवारहरुका माझ पनि राहत सामग्रीहरु प्रदान गरेर जन्मदिनहरु मनाइएको पनि नेता पोख्रेलले बताउनु भएको छ।
पछिल्लो समयमा विकृतिका रुपमा मनाईदै आईरहेका जन्म दिनहरुलाई मानव सेवामा सर्मपित गर्दै रचनात्मक बनाएर लैजानु पर्ने सोचका साथ विपन्न बर्गका माझमा जन्म दिन मनाएको पनि पोख्रेलको जोड रहेको छ।समाजमा रहेका अति विपन्न,गरिव मानिसहरुलाई सामान्य भएपनि सहयोग गर्न सकेको खण्डमा धेरै राहत मिल्ने भएकाले जन्मदिनहरुलाई सेवामुखी बनाएर लैजानु पर्नेमा पोख्रेलको भनाई छ।
होटलमा पैसा खर्च गरेर र तडक भडक गरेर आफ्नो जन्मदिन मनाउने परिपाटी बसेको बेला नेता पोख्रेलले भने समाजमा नौलो काम गरेको स्थानिय शिक्षकहरु धर्मेन्द्र जि सि ,जगत के सि लगाएत दर्जनाै स्थानिय बासिन्दाहरुले बताउनुभयो।
साथै नेता पोख्रेलले गरेको सो कार्यको प्रशंसा गर्दै उहाँहरुले यसवाट सबैले पाठ सिक्न जरुरी रहेको बताउनुभयो।
पाेख्रेल जिल्लामा विभिन्न सामाजिक सेबामा कृयाशिल हुँदै आइरहनुभएको छ।
प्रतिक्रिया राख्नुहोस्