प्युठानका किसानलाई खुशी बनाउदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना‘अदुवा तथा बेसार जोन’ समन्वय समिति गठन  

प्युठानका किसानलाई खुशी बनाउदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना‘अदुवा तथा बेसार जोन’ समन्वय समिति गठन  

राम बहादुर बिश्वकर्मा
प्युठान,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत अदुवा तथा बेसार जोन संचालक समन्वय समिती गठन गरिएको छ।
जिल्लामा अदुवा तथा बेसार जोन कार्यक्रम संचालनका लागि समन्वय समिती गठन गरिएको हो।
कृषक रेवतप्रसाद खनालको संयोजकत्वमा समिती गठन गरिएको कार्यालय प्रमुख चुमान गिरीले जानकारी दिनुभयो।
उहाँका अनुसार जोन कार्यालयमा सूचीकृत भएका सदस्यबाट अदुवा तथा बेसार जोन परियोजना सञ्चालनका लागि नौ सदस्य रहेको व्यवस्थापन समिति गठन गरिएको कार्यालय प्रमुख गिरीले बताउनुभयो ।
समितीको सह-संयोजक बिष्णु पाण्डे,सचीव पदम बहादुर केसी,कोषाध्यक्ष साबित्रा केसी र सह-सचिबमा मुकुन्द बहादुर मल्ल चयन भएका छन। यस्तै, याम बहादुर पुन,कासिराम शर्मा,कमला डिसी र तेमा राना समितीको सदस्य रहनुभएको छ।अदुवा तथा बेसार जोन कार्यक्रम संञ्चालन तथा सहजीकरणको लागि समिति गठन गरिएको जानकारी दिदै कार्यालय प्रमुख गिरीले भन्नुभयो-" किसानले आफ्नै कार्यक्रमको रुपमा महसुस गर्न पाउने र आफू अनुकुल सञ्चालन हुने बिस्वास लिइएको छ। परियोजनामार्फत सूचितकृत भएका सदस्यलाई अदुवा बेसार खेतीमार्फत उत्पादन वृद्धि र उचित मूल्यसहितको बजारीकरण मुख्य प्राथमिकतामा राखिएको छ।"किसानबाट उत्पादन वृद्धिका साथै बजारीकरणमा मुख्य ध्यान दिएर कार्यक्रम सञ्चालन गर्न लागेको कार्यालयले जनाएको छ।
स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक एवं संस्थागत जनशक्तिबाट बिगत वर्षदेखि कार्यान्वयनमा ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’मार्फत धान जोन, तरकारी जोन,अदुवा तथा बेसार जोन ब्लक र पकेट क्षेत्र लगायत विधाका कार्यक्रम सञ्चालनमा रहेको छ ।