सीता बि.क
प्युठान,जिल्ला प्रसासन कार्यालय प्युठानले एक कार्यक्रमको आयोजना गरी बुधबार नेपाल पत्रकार महासंघ प्युठान शाखा अध्यक्ष,प्युठान जिल्ला कार्य समितिका नव निर्वाचित पदाधिकारीहरु,सदस्यहरु,प्रदेश पार्षद र केन्द्रीय पार्षदहरुलाई बधाई दिनुका साथै स्वागत कार्यक्रमको आयोजना गरेको छ।
प्रमुख जिल्ला अधिकारी रमा सुवेदी आचार्यले नव निर्वाचित पत्रकाहरुलाई खादाले स्वागत गर्नुभएको हो।
आफ्नो कार्यकक्षमा प्रमुख जिल्ला अधिकारी आचार्यले पत्रकारलाई स्वागत गर्दै राज्यले चौथो अंगका रुपमा मान्यता दिएको पत्रकारिता जगत नेपाल पत्रकार महासंघसँग अहिलेसम्म हातेमालो गर्दै जिल्लाको शान्ति सुरक्षा,सेवा प्रवाह र विकास निर्माण कार्यमा अगाडि बढ्दै आएको बताउदै भ्रष्टाचार,बिभिन्न विकृती,विसंगतीका विरुद्ध पत्रकारीता मार्फत खबरदारी गरी सम्बद्ध निकायलाई जवाफदेही बनाउदै असल अभ्यासका बिषयहरुलाई उठान गर्न आग्रह गर्नुभयो ।
पत्रकारहरुलाई आई पर्ने समस्यामा समन्वय र सहजीकरण गर्न आफू सधै लाग्ने प्रतिवद्धता जनाउनु भयो।
साथै आफू जिल्ला आगमन पश्चात् भए गरेका विविध गतिविधिको बारेमा समेत जानकारी गराउनुभएको थियो।
नेपाल पत्रकार महासंघ प्युठान शाखाका अध्यक्ष श्रीराम भण्डारीले नेपाल पत्रकार महासंघ प्युठान शाखाका लागि धेरै काम गर्न बाँकी रहेकोले ति कामहरु प्रमुख जिल्ला अधिकारीको सहयोगमा सम्पन्न गर्न पहल गर्नु पर्ने बताउँदै जनतालाई सुसूचित गर्ने अभिभारा बोकेर आफ्नो पेशागत दायित्व निर्वाह गर्न आफ्नो नेतृत्व अगाडी बढ्ने जानकारी गराउनुभयो।
आफ्नो कार्यकालमा व्यवसायिक पत्रकारिताको विकासकालागि र विकास पत्रकारिताको लागि आफूले सक्दो प्रयास गर्ने बताउँदै पत्रकारिता क्षेत्रलाई विश्वसनीय बनाउन र स्थानीय समस्या तथा आम नागरिकले पत्रकारिता क्षेत्रबाट अपेक्षा गरिएका विषयहरुमा ध्यान दिएर कलम चलाउन जिल्ला नेतृत्व निरन्तर अगाडी बढ्ने नव निर्वाचित अध्यक्ष भण्डारीको धारणा थियो।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक दिपेस बस्याल, प्रशाकिय अधिकृतहरु जालन्धर भुषाल,सरद गौमत लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्