सिता बि.क
प्युठान,प्राबिधिक बिनानै एक्साभेटरका चालक नै इन्जिनियर बनेर सडक निर्माण गर्ने परिपाटीका कारण लगातार बर्षाले निरन्तर पहिरो खस्दा मरन्ठाना सडक खण्ड पुनः अवरुद्ध भएको छ ।
प्युठान नगरपालिका–९ मरन्ठाना सडक खण्डस्थित बुढादेबी ढाडमा हिउँदभर पहाडै थर्काउने गरी एक्साभेटर लगाएर खनिएका सडकको अवस्था वर्षा लागेपछि माथिबाट पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको हो।
तस्बिर:हिउँदभर पहाडै थर्काउने गरी एक्साभेटर लगाएर खनिएका सडकको अवस्था वर्षा लागेपछि माथिबाट पहिरो
स्थानीय तहका जनप्रतिनिधिहरुका लागि बिकाश भनेको नै सडक निर्माण गर्ने र पुर्बाधारको बिकाश गर्ने भन्ने सोचले गर्दा यस्ता घटना घट्ने गरेको छ भने यता स्थानीय नागरिक र उपभोक्ता समितिका माग पनि सडक निर्माणको बढिनै आउने गरेको छ । सबै सडक निर्माण गर्दा प्राबिधिक पुग्न भ्याउँदैनन्। प्राबिधिक बिनानै एक्साभेटरका चालक र उपभोक्ता समितिका अध्यक्ष नै इन्जिनियर बनेर सडक निर्माण गर्ने बषौ देखिको चलनले नागरिकले यस्तो सास्ती ब्यहोर्न बाध्य छन।
तस्बिर: नागरिकलाई आवतजावत गर्न सहजताका लागि प्युठान नगरपालिका वडा नम्बर ९मरन्ठाना निवासी तथा ब्यबसायी अन बहादुर भण्डारी द्वारा अवरोध हटाउदै
ग्रमिण क्षेत्रमा बिकाशको पहिलो आधार भनेको सडक निर्माण गर्दा कुनै सोच बिचारनै नगरिकन,घर माथीबाट हिउँदमा समेत पहिरो लडाएर र घर भन्दा मुनी समेत जोखिम बनाएर सडक निर्माण गर्ने चलन ले यस्तो समस्या हुने गरेको स्थानीय दिन बहादुर जि सि ले बताए । अहिले हिउँदमा खोलीएका सडकनै बर्षायाममा पहिरोको उच्च जोखिममा छन्।पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन वर्षा बाधक रहेको र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडकको ब्यबस्था गर्न ब्यबसायी अन बहादुर भण्डारीको आग्रह रहेको छ।
गत साउन अन्तिमदेखि नै यहाँ निरन्तर माथिबाट पहिरोले सडक कटान गरिरहेको छ ।लगातार पहिरो झर्दा सडक माथि रहेका घर समेत उच्च जोखिममा परेका छन् ।
यहाँ प्राबिधिक बिना सडक निर्माण गर्नु त उदाहरण मात्रै हो।प्युठानका ९ वटै स्थानीय तहमा ग्रामिण सडक निर्माण गर्दा यस्तै हालत रहेको छ । बिशेषगरी नौबहिनी,गौमुखी,मल्लरानी,ऐरावती,सरुमारानी गाउँपालिकाको समस्या पनि उस्तै रहेको छ। प्राबिधिक बिनानै ग्रामिण सडक निर्माण गरेर जोखिम बढाइएको छ।
प्रतिक्रिया राख्नुहोस्