झिमरुक फाँट अब सुविधा सम्पन्न केन्द्र बन्दै : पोख्रेलको लगानीमा लज सेवा तयारीमा

झिमरुक फाँट अब सुविधा सम्पन्न केन्द्र बन्दै : पोख्रेलको लगानीमा लज सेवा तयारीमा

राम बहादुर विश्वकर्मा
प्युठान,प्युठान नगरपालिका नगर कार्यपालिका जाने बाटो,गणतान्त्रिक खेलमैदान अगाडिको क्षेत्र अहिले केवल आवतजावतको मार्ग मात्र छैन,विस्तारै नयाँ व्यवसायिक सम्भावनाको केन्द्र बन्दै गएको छ। यही स्थानमा झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले आफ्नो निजी भवनमार्फत लज सेवा सञ्चालनको तयारी थालेसँगै क्षेत्रले नयाँ परिचय पाउने संकेत देखिएको छ।सहज पहुँच,खुला वातावरण र झिमरुक फाँटको मनोरम दृश्यले भरिएको यही स्थानमा झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले नयाँ व्यवसायिक अवधारणा अघि सार्नुभएको छ।
उपाध्यक्ष पोख्रेलको निजी गृह भवनबाट सञ्चालनको तयारीमा रहेको लज सेवाले अब झिमरुक क्षेत्रमा आवास तथा कार्यक्रम व्यवस्थापनलाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ। आकर्षक डेकोरेसनसहितका कोठा,सुविधा सम्पन्न सभा हल तथा व्यवस्थित सेवा अवधारणासहित लज सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिनुभयो।
“स्थानीय स्तरमै गुणस्तरीय आवास र कार्यक्रम स्थलको आवश्यकता महसुस भइरहेको थियो।,”उपाध्यक्ष पोख्रेलले भन्नुभयो,“त्यही आवश्यकतालाई ध्यानमा राखेर सेवा सञ्चालनको तयारी गरेका हौँ।”यो सेवा केवल आवासमा सीमित नरही सामाजिक,पारिवारिक तथा संस्थागत कार्यक्रमका लागि समेत उपयोगी हुने विश्वास गरिएको छ। विवाह,व्रतबन्ध,बैठक,तालिम,गोष्ठी तथा विभिन्न सभा–समारोह आयोजना गर्न मिल्ने गरी पूर्वाधार तयार पारिएको बताइएको छ।

आकर्षक डिजाइनमा निर्माण गरिएको भवन जुन भवनबाट सन्चालनमा ल्याइनेछ लज सेवा


झिमरुक फाँटको शान्त वातावरण,हरियाली र सहज यातायात पहुँचका कारण बाहिरबाट आउने पाहुना,कर्मचारी,व्यवसायी तथा पर्यटकलाई समेत लक्षित गरिएको छ। यसले स्थानीय क्षेत्रमा गुणस्तरीय सेवा विस्तारसँगै आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ।
स्थानीय स्तरमा सेवा व्यवसाय विस्तार हुँदै गइरहेका बेला यस्तो पहलले रोजगारी सिर्जना,आन्तरिक पर्यटन प्रवर्द्धन तथा स्थानीय अर्थतन्त्र चलायमान बनाउन योगदान पुर्‍याउने विश्वास गरिएको छ।
पछिल्लो समय प्युठानका विभिन्न स्थानमा निजी क्षेत्रबाट होटल,लज तथा सभा हल सञ्चालनतर्फ चासो बढिरहेको अवस्थामा झिमरुक फाँटमा सुरु हुन लागेको यो सेवा अर्को महत्वपूर्ण थपका रूपमा हेरिएको छ।
प्राकृतिक सौन्दर्य र आधुनिक सुविधाको संयोजन गर्दै अघि बढाइएको यो प्रयासले झिमरुक क्षेत्रलाई केवल आवतजावतको मार्ग नभई बसाइ,भेटघाट र कार्यक्रमको गन्तव्यका रूपमा परिचित गराउने संकेत देखिएको छ।