राम बहादुर बिश्वकर्मा
प्युठान,नेपाल मार्सल आर्टस हाप्किडो संघ,प्युठानको आयोजनामा आगमी असोज १६,१७ र १८ मा लुम्बिनी प्रदेश स्तरीय मार्शल आर्टस् हाप्किडो खुल्ला च्याम्पियनसिप प्रतियोगिता हुने भएको छ ।
प्युठानको जुमृमा सोमबार पत्रकार सम्मेलन गरी आगामी असोजको १६, १७ र १८ गते लुम्बिनी प्रदेश स्तरको प्रतियोगिता माण्डबिमा गर्न लागेको जानकारी दिइएको हो । प्रतियोगितामा महिला र पुरुष तर्फ २० देखि ७० केजीसम्मका प्रतिस्पर्धाहरु हुने हाप्किडो संघ प्युठानका अध्यक्ष मुक्ति पोख्रेल ले जानकारी दिए ।
२० स्वर्ण, २० रजत र २० कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ । स्वर्ण १५ हजार, कास्य १० हजार र कास्य ७ हजार गरि २० , जनालाई पुरस्कार प्रदान गरिने भएको छ। यसैगरी खेलमा उत्कृष्ट , उदयमान अनुसासित महिला पुरुष खेलाडी १ , १ जना पनि प्रतिस्पर्धा हुने अध्यक्ष पोख्रेलले बताए ।
लुम्बिनी प्रदेशबाट करिब ५०० सय खेलाडीहरु प्रतियोगितामा भाग लिने आयोजकले जनाएका छ । संघका केन्द्रीय महासचिव सुबर्ण बिसिले नेपालमा ५ बर्ष देखि संस्था मार्फत हाप्किडो खेलाडीहरुलाई संगठित गरिएको भन्दै २० औं बर्ष देखि गर्दै आइरहेका खेल भन्दा छुट्टै खेल समेत भएकाले प्रतियोगितामार्फत सन्देश छर्न सकिने विश्वास लिएको बताए ।उनले हाप्किडो खेलाडीहरु प्रशस्तै रहेको बताउँदै खेलसँगै आत्मसम्मान ,अनुसासन , धैर्य लगनशील बन्न समेत सहयोग पुग्ने बताए ।
भर्खरै मात्र संस्था स्थापना गरेको संघले प्रदेश स्तरीय प्रतियोगिता संचालन गर्न लागेकोमा सरोकारवालाले खुशी ब्यक्त गरेका छन।
प्रतियोगिताका लागि माण्डबि गाउँपालिकाले १० लाख रकम बिनियोजन गरेको छ भने जम्मा अनुमानि खर्च २५ लाख ६२ हजार ७ सय ५० रहेको छ।
प्रतिक्रिया राख्नुहोस्