सीता बि.क
प्युठान,नौबहिनी गाउँपालिकाले आफ्नै गान तयार गर्ने भएको छ।गाउँपालिकाको ऐतिहासिक,प्राकृतिक, सामाजिक एवं विशिष्ट पहिचान झल्काउनका लागि गान बनाउन लागेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिबराज पौडेलले गाउँपालिकाले आफ्नै गान बनाउन लागेको बताए। गाउँपालिकाको पहिचान झल्कने किसिमको गान निर्माण गरेर कार्यान्वयनमा ल्याउनेछ। गान निर्माणका लागि खुला रुपमा प्रतिस्पर्धा गराएर इच्छुुक सर्जकबाट निर्माण गरिनेछ। यसका लागि बिहिवार गाउँपालिकाले १ महिने सूचना समेत सार्वजनिक गरेको छ।
पालिका गान तयार गर्न प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेल द्वारा हस्ताक्षरित सूचना
गान निर्माणका लागि गाउँपालिकाले केही निश्चित सर्तसमेत राखेको छ। लोगो निर्माणका लागि राखिएका सर्तमा पालिकाको सामाजिक,आर्थिक भौगोलिक,प्राकृतिक,धार्मिक,ऐतिहासिक,पुरातात्विक,मौलिक विशिष्टता झल्कने गरी पालिका गान तयार गर्नुपर्ने ,सिलवन्दी खामका साथमा रचना गरिएको गानको (Soft copy) उपलब्ध गराउनुपर्ने,कुनै पनि जातिय विभेद,साम्प्रदायिकता,सार्वभौमिकता,राष्ट्रिय एकता र अखण्डतामा आँच आउने संकेत प्रयोग गर्न नपाईने,पेश भएको गानमा मुल्यांकन समितिबाट परिमार्जन सुझाव आएमा परिमार्जित गान स्वीकृत गरिने,पालिका गानको मुल्याङ्कन नौबहिनी गाउँपालिकाकबाट गठित मुल्याङ्कन समितिबाट गराइने,सामुहिक रूपमा पेश गरेको गानलाई मान्यता प्रदान गरिने,पालिका गानको स्वीकृति सम्बन्धी सम्पूर्ण अधिकार यस गाउँकार्यपालिकामा निहित रहने उल्लेख गरिएको छ ।
त्यसैगरी पालिका गान कम्तिमा ४० (चालिस) अक्षर र बढीमा ६० (साठी) अक्षरमा पर्ने गरी मौलिक विशिष्टता झल्कने हुनुपर्ने,पालिका गान पेश गर्दा सृजनाकारले अनिवार्य रुपमा नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपी पेश गर्नु पर्ने,स्वीकृत गानको सर्वाधिकार गाउँपालिकामा रहने बताइएको छ।उत्कृष्ट पालिका गान तयार गर्नेलाई ३० (तीस) हजार पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको पालिकाले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्