प्यूठानमा १८ वर्षीया महिलाले जन्माईन क्वारेन्टिनमै छोरा

राम बहादुर बिश्वकर्मा,प्युठान /प्युठानमा क्वारेन्टाइन बसेकी एक महिला सुत्केरी भएकी छन् । मल्लरानी गाउँपालिका खलंगा जनजागृती मा.वि. कसेरी क्वारेन्टाईनमा रहनुभएकी १८ वर्षिय सिता खड्काले छोराको जन्माएकी हुन्।प्राथमिक स्वास्थ्य प्रमुख सान्त रोकाले सितालाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्यचौकी ल्याईएको बताए । आमा र शिशु दुवैको अवस्था सामान्य रहेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

डाक्टर रोकाका अनुसार सुत्केरीको आरडिटी रिपोर्ट नेगेटिभ आएको पिसिआर परिक्षणको रिपोर्ट नआउँदा सम्म क्वारेन्टाइनमै भएपछि उनलाई  क्वारेन्टाइनमै राखिनेछ । मल्लरानी गाउँ पालिका - ४ कसरी कि सिता भारतको पन्जाब बाट ७ दिन पहिले श्रीमानसँगै गृह जिल्ला आइपुगेकी थिइन् ।

गर्भवती महिलालाई बढी स्याहार गर्नुपर्ने र पोषणको आबश्यकता पर्ने हुँदा पालिका स्तरीय स्वास्थ्य इकाईले ब्यबस्थापन गरिने मल्लरानी गाउँपालिका का वडा अध्यक्ष कुमार श्रेष्ठले बताए ।
उनले भने,' क्‍वारेन्टाइनमा बसेका महिलामा सुत्केरीको व्यथा लाग्ना साथ तुरुन्तै नजिकैको स्वास्थ्य केन्द्र लैजानुपर्छ। त्यसको लागि स्थानीय सरकार र स्वास्थ्य कार्यालय बढी जिम्मेवार हुनुपर्छ।'