प्युठानमा रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर किशोर गम्भीर घाइते

प्युठानमा रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर किशोर गम्भीर घाइते

प्युठान,प्युठानको नौबहिनी गाउँपालिका–६ बहाने कुलाखोलामा रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक किशोर गम्भीर घाइते भएका छन्।
शनिबार साँझ करिब ५ः३० बजे नौबहिनी गाउँपालिका–२ लिघा घर भई हाल बहाने बस्दै आएका रनबहादुर राना मगरका १६ वर्षीय छोरा भिमराज राना मगर घाइते भएका हुन्।प्रहरीका अनुसार कुरेनको रुखमा चढेर हाँगा काट्ने क्रममा रुखको हाँगा हाईटेन्सन विद्युत लाइनमा छुन पुगेपछि उनलाई करेन्ट लागेको हो।
करेन्ट लागेसँगै उनी करिब २० मिटर तल खसेर गम्भीर घाइते भएको बताइएको छ। घाइते राना मगरको जिल्ला अस्पताल बिजुवार,प्युठानमा उपचार भइरहेको छ।
उपचारमा संलग्न चिकित्सकका अनुसार उनको अवस्था गम्भीर रहेको छ भने हाल बोल्न नसक्ने अवस्थामा रहेका छन्।