राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानमा एक महिलाको मृत्यु घटनासँग सम्बन्धित कर्तव्य ज्यान मुद्दाकी प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय प्युठानले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न रहेको आरोपमा एक महिलालाई नियन्त्रणमा लिएको जनाएको हो।
प्रहरीका अनुसार २०७९ साल मंसिर ९ गते बिहान स्वर्गद्वारी नगरपालिका–६ डाँडाखर्क स्थित घरमा ६३ वर्षीया धनी कुमारी सुनार गम्भीर घाइते अवस्थामा मृत फेला परेकी थिइन्। घटनापछि प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आशंकामा मृतककी सौतेनी कान्छी बुहारी ३२ वर्षीया चेती सुनारमाथि अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। सम्मानित प्युठान जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि चेती सुनारलाई २०८३ जेठ २३ गते साँझ पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भण्डारीका अनुसार घटनाको यथार्थ विवरण र कारणबारे थप अनुसन्धान जारी छ।
प्रतिक्रिया राख्नुहोस्