राम बहादुर बिश्वकर्मा
पत्रकारिता एउटा कर्म हो,कुर्सी होइन पत्रकारिता मात्र पेशा होइन,यो लोकतन्त्रको आधारशिला हो। जब त्यो आधार नै हल्लिन्छ,तब प्रश्न उठ्न जरुरी हुन्छ।
आज एउटा स्वतन्त्र पत्रकारमाथि अराजक तत्वद्वारा दुर्व्यवहार,अपमान र अन्याय हुन्छ।
तर त्यही बेला,पत्रकारका हक,अधिकार र सुरक्षाको सवालमा अग्रसर हुनुपर्ने नेपाल पत्रकार महासंघ मौन बस्छ।
यो मौनता केवल कमजोरी मात्र होइन-अपराधसँगको साक्षी बसाइ हो।के यही हो पत्रकारिता संरक्षण गर्ने भनिएको संस्थाको चरित्र ?
केका लागि हुन्छ महासंघको नेतृत्वमा तछाडमछाड,जब अन्याय देख्दा बोल्ने साहस समेत बाँकी रहँदैन?
यसरी पत्रकारिता भित्रैबाट घात भइरहँदा,कसरी सुरक्षित रहन्छ स्वतन्त्र कलम?
यो अबस्था यति असुरक्षित बन्दै गएको छ कि भोलि कसको पालो आउँछ-भन्ने ग्यारेन्टी कोही दिन सक्दैन।
आज एउटामाथि अन्याय भयो,भोलि अर्कोको पालो नआउला भन्न सकिन्न।
अब प्रश्न केवल त्यो एक पत्रकारमाथिको अन्यायको होइन,प्रश्न हो-के पत्रकारिता अझै जीवित छ,कि संस्थागत मौनताको गहिरो खाडलमा हराउँदैछ ?
सवाल उठ्छ :-
पत्रकारका लागि महासंघ,कि महासंघका लागि पत्रकार ?
जब संस्थाहरु कमजोर हुन्छन्,तब एक्ला पत्रकारहरु झन असुरक्षित हुन्छन्।
अब समय आएको छ-पत्रकारिता फेरि प्रश्न उठाओस्, संस्थाहरुलाई पनि जवाफदेही बनाओस्।स्वतन्त्र पत्रकारिता जोगाउन पत्रकार मात्र होइन,जनताले पनि आवाज उठाउन जरुरी छ।
प्रतिक्रिया राख्नुहोस्