निर्माण ब्यबसायी "बालाजु श्रेष्ठ"को कार्यले चौतर्फी चर्चा बटुल्दै,सडक पुर्बाधारबाट भए सम्मानित 

निर्माण ब्यबसायी "बालाजु श्रेष्ठ"को कार्यले चौतर्फी चर्चा बटुल्दै,सडक पुर्बाधारबाट भए सम्मानित 

राम बहादुर बिश्वकर्मा
प्युठान,ऐरावती गाउँपालिकाको पहुँचमार्ग अर्न्तगत कैरन–पकला सडकको काम गर्ने एक निर्माण ब्यबसायी सम्मानित हुनुभएको छ।
निर्धारित समय भन्दा ६ महिना अघि सम्पन्न गर्ने आशु/हरियाली जेभीका संचालक बालाजु श्रेष्ठलाई आईतबार सडक पुर्बाधार कार्यालय खलंगाका निमित्त कार्यालय प्रमुख चन्द्र बहादुर शाहले दोसल्ला र कदर पत्र सहित सम्मान गर्नुभएको हो।निर्धारित समय अगावै तोकिएको गुुणस्तरको काम गरेका निर्माण ब्यवसायीका सञ्चालकलाई प्रोत्साहनका लागि उत्कृष्ट निर्माण ब्यवसायीको रुपमा सम्मान गरेको कार्यालय प्रमुख चन्द्र बहादुर शाहले बताउनुभयो।
निर्माण ब्यवसायीको इच्छाशक्ति भए छिटो छरितो पनि काम गर्न सकिदो रहेछ भन्ने गतिलो उदाहरण भएको बताउनुभयो।
उहाँका अनुसार चुस्त व्यवस्थापन, कार्यालयको समन्वय, सहजीकरण तथा कार्यक्षेत्रमा काम गर्ने वातावण भएमा विकास आयोजनामा हुने ढिलासुस्ति हटाउन सकिने सन्देश कैरन–पकला सडकको योजनाले प्रवाह गरेको बताउनुभयो । 
२०८१ साल अषाढ ११ गते सम्झाैता भई २०८२ साल पाैष १० गते भित्र सम्पन्न गर्ने गरि सम्झाैता गरी चेरनेटा ,पुरनठाटी जाेगिटारि सडक ऐरावती गाउपालिका पहुच  मार्ग सडक ठेक्का नं १८ काे सडक निर्माण कार्य सम्झाैता भएको थियो।
श्रेष्ठ लामो समयदेखि निर्माण व्यवसायमा आबद्ध हुनुहुन्छ उहाँ  सामाजिक सेवामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।
निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य समेत रहनुभएका श्रेष्ठले सम्झौता लगत्तै कार्यस्थलमा परिचालित भई पर्याप्त मजदुुर,उपकरण परिचालन, निर्माण सामग्री जुटाएर काम गरेका कारण लक्ष्य अघि नै पुल निर्माण सकिएको बताउनुुभयो । 
उहाँका अनुसार कार्यालय,मन्त्रालय,जनप्रतिनिधी र समुदायस्तरबाट समेत निर्माण कार्य  गर्ने वातावरण बनेका कारण काम गर्न सहज भएको हो,उहाँले भन्नुभयो।"उहाँका अनुसार कामप्रति सन्तोष भएर गरिएको सम्मानले उत्साह थपिएको र भावि दिनमा थप जिम्मेबारीपुर्वक कामकाज गर्ने गर्नेछु।
गुणस्तरीय निर्माण कार्य गरी निर्माण क्षेत्र तथा सामाजिक क्षेत्रमा समेत छुट्टै पहिचान बनाउनुभएका सफल युवा निर्माण व्यवसायी श्रेष्ठ यस अगाडी पनि ऐरावती गाउँपालिका बाट सम्मानित हुनुभएको थियो।
श्रेष्ठको कम्पनीले जिल्लामा भवन र सिंचाई कुलो समेत तोकिएको समयभन्दा पहिले सम्पन्न गरेको उदाहरण छन्।मल्लरानी गाउँपालिकाको रस्पुरकोटमा एक वर्ष पहिले नै बिकासे सिंचाई कुलो निर्माण सम्पन्न भएको थियो।झिमरुक गाउँपालिकाको तुषारामा डेढ वर्ष पहिले काउले सिंचाई कुलो निर्माण गरेको व्यवसायी श्रेष्ठले बताउनुभयो ।
प्युठान नगरपालिकामा नौकुलो सिंचाई योजना डेढ वर्ष अघि नै सम्पन्न भएको थियो ।सरुमारानी गाउँपालिकाको बांगेशाल स्वास्थ्य चौकी ६ महिना अघि निर्माण सम्पन्न गरेर सरकारबाट बोनस समेत प्राप्त गरेको श्रेष्ठ बताउनुहुन्छ । “बांगेशाल स्वास्थ्य  चौकीको अत्याधुनिक भवन समयमै निर्माण कार्य सम्पन्न गरेको भन्दै ११ लाख रुपियाँ बोनस प्राप्त भएको थियो,”उहाँले भन्नुभयो।

कसरी सम्भव छ म्याद अगाडी नै निर्माण कार्य सम्पन्न गर्न ?

समय अगाडी नै कार्य सम्पन्न गर्न निर्माण व्यवसायी तथा आँसु निर्माण सेवाका संचालक श्रेष्ठ मोनि,माइण्ड,मोसोन र प्रभावकारी समन्वयको भूमिका महत्त्पूर्ण हुने बताउनुहुन्छ। निर्माण व्यवासायी,आयोजना कार्यालय र स्थानीयको समन्वय आवश्यक हुने उहाँ बताउँनुहुन्छ साथै समयमा भुक्तानी सरकारले गर्दा निर्माण व्यवसायीले काम गर्न सक्ने उहाँको भनाई छ।

‘ठेक्का सम्झौता भएको छ। सबै काम व्यवसायीले गर्छन् भनेर ढुक्क बस्ने कर्मचारी हुनु हुँदैन।किनकि डिजाइन गरिएको भन्दा फिल्डमा काम गर्दा फरक अवस्था हुन सक्छ।’व्यवसायी श्रेष्ठ भन्नुहुन्छ,‘निर्माणको जिम्मेवारी लिएपछि व्यवसायीले पनि आफ्नो जनशक्ति परिचालन प्रभावकारी बनाएमा म्याद भित्रै काम सम्पन्न गर्न सकिन्छ।’ 
निर्माण स्थल खाली नहुनु,बिजुलीका पोल हटाउन, रुख काट्न,जग्गा विवाद सुल्झाउन नसक्दा सरकारले जिम्मेवारी पूरा नगरेको बुझिन्छ। साथै,बजारमा किनेर नपाइने निर्माणजन्य प्राकृतिक सामग्री (ढुंगा,गिट्टी, बालुवा),भुक्तानी दिन नसक्नु पनि सरकारकै कजोरीभित्र पर्ने उहाँको भनाइ छ।