नेपाल लाेकतान्त्रिक निर्माण व्यवसायी संघको अध्यक्षमा थापा

नेपाल लाेकतान्त्रिक निर्माण व्यवसायी संघको अध्यक्षमा थापा

प्यूठान,नेपाल लाेकतान्त्रिक निर्माण व्यवसायी संघ प्यूठानकाे अध्यक्षमा खगेश्वर थापा सर्वसम्मत चयन हुनुभएको छ।बिहीबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट थापाकाे नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएकाे हो।
समितिको प्रथम उपाध्यक्ष अर्जुन श्रेष्ठ,दित्तिय उपाध्यक्ष मुक्त बहादुर जिसी,महासचिव सुर्य बहादुर केसी,उप-महासचिव आशिस श्रेष्ठ,भुवन पुन,कोषाध्यक्ष राजेन्द्र श्रेष्ठ,सह-कोषाध्यक्ष अन्जु श्रेष्ठ रहनुभएको छ ।
सदस्यमा सरद सुबेदेव,बिक्रम केसी,सुरेस केएम,बिकी शाही,महेश्वरमान श्रेष्ठ,अमित श्रेष्ठ,केमान थापामगर,सुर्यबिक्रम शाह र सिता अधिकारी रहनुभएको छ।