राम बहादुर बिश्वकर्मा
प्युठान,नेपाल कम्युनिष्ट पार्टी एमाले निकट गौरवशाली संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्यमा प्युठानका निम बहादुर सुनार सर्बसम्मत निर्बाचित हुनु भएको छ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज प्युठानका अध्यक्ष राज रसाइलीका अनुसार काठमाडौमा सम्पन्न सातौं राष्ट्रिय सम्मेलन बाट सुनार केन्द्रिय सदस्यमा निर्वाचित हुनुभएको हो।
उत्पीडित जातीय मुक्ति समाज प्युठानको अध्यक्षको अनुभव समेत सङ्गालेका सुनार नेकपा एमाले झिमरुक गाउँपालिका गाउँ कमिटिको सचिब पदको जिम्मेवारी बहन गर्दै विभिन्न दलित आन्दोलनको सवालमा सक्रिय सक्रिय सहभागीता जनाउदै आउनुभएको छ।
दलितहरुको हक अधिकार सुनिश्चितताको लागि स्थापित नेकपा एमालेको भातृ सङ्गठनको केन्द्रिय सदस्यमा निर्वाचित भएकोमा खुशी व्यक्त गर्नुभयो।
झिमरुक गाउँपालिका १ सौतामारे निवासी सुनारले आफू लामो समयदेखि दलितहरुको हक अधिकार प्राप्तिकोआन्दोलनमा सहभागी भएको अनुभव सुनाउदै जातीय भेदभाव र छुवाछुत गर्ने अधिकार कसैलाई नभएको बताउनु भयो। उहाँले जुनसुकै पार्टी वा व्यक्तिले जातीयताको आधारमा छुवाछुत गर्छ भने कानुनी कठघरामा ल्याउनु पर्ने बताउनु भयो। सङ्गठनको आफ्नै गौरवमय इतिहास रहेकोले आफ्नो कार्यकालमा दलितका सवालमा सक्रिय भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
प्रतिक्रिया राख्नुहोस्