"रोसनि "बचाउ अभियानमा ग्रील ब्यबसायी सुनारको सहयोग

सीता बि.क 
प्युठान,दुबै मिर्गौला फेल भई हाल काठमाडौँमा उपचाररत भइरहेको प्युठान नगरपालिका-५ ढुङ्गेठाटी निवासी रोशनि बुढा मगरलाई युवा ब्यबसायी वीर बहादुर सुनारले २ हजार १ सय ५० सहयोग गर्नुभएको छ ।
प्युठान नगरपालिका-९ मरन्ठाना स्थायी घर भई हाल लमही नगरपालिका वार्ड नं १ नर्तीमा प्युठानी ग्रिल तथा अल्मुनियम स्टिल उद्योग सञ्चालन गर्दै आउनुभएका सुनारले उपचाररत रोसमिको स्वास्थ्य उपचारमा थोरै भएपनी सहयोग मिलोस भन्ने उद्देश्यले बुढा मगरको खातामा उक्त रकम सहयोग गर्नु भएको हो।
यसबारेमा पैरवी अनलाइनलाई जानकारी दिदै रोसमि  लाई सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ।
सुनारले गाह्रो साह्रो पर्दा धेरै खर्च लाग्ने र चाडै निको नहुने रोग लागेमा एक मानवले अर्को मानवलाई सहयोग गर्नुपर्ने बताउँदै सामाजिक उत्तरदायित्व स्वरुप आफूले सहयोग गरेको बताउनुभयो।